YouVersion Logo
Search Icon

भजनसंग्रह 70

70
सहायताको लागि प्रार्थना
1हे परमेश्‍वर! मलाई बचाउनुहोस्।
हे परमप्रभु! अहिले मलाई सहायता गर्नुहोस्।
2मलाई मार्न खोज्‍नेहरूको हार होस्
र तिनीहरू अन्‍योलमा परून्।
म कष्‍टमा पर्दा खुसी हुनेहरूको बेइज्‍जत होस्
र तिनीहरू भाग्‍नुपरोस्।
3मलाई खिसी गर्नेहरू आफ्‍नो
हार भएकाले बिचलित होऊन्।
4तपाईंकहाँ आउनेहरूले
आनन्‍द गरून् र रमाऊन्।
तपाईंले दिनुभएको मुक्तिको लागि धन्‍यवादी हुनेहरूले सधैँ यसो भनून्,
“परमेश्‍वर कति महान् हुनुहुन्‍छ!”
5म दुर्बल र असहाय छु, हे परमेश्‍वर,
चाँडो मकहाँ आउनुहोस्।
तपाईं मेरो मुक्तिदाता र परमप्रभु हुनुहुन्‍छ;
मेरो मद्दतको लागि चाँडै आउनुहोस्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for भजनसंग्रह 70