भजनसंग्रह 69
69
सहायताको लागि पुकार
1हे परमेश्वर! मलाई बचाउनुहोस्!
मेरो घाँटीसम्म पानी आइपुगेको छ।
2म गहिरो हिलोमा डुब्दै छु र ओबानो जमिन छैन,
म गहिरो पानीमा छु र भलमा म डुब्न आँटेको छु।
3मद्दतको लागि पुकार्दा-पुकार्दा म थाकिसकें र मेरो घाँटी दुख्दै छ।
तपाईंको मद्दतको बाटो हेर्दा-हेर्दा मेरा आँखा टट्टाइसके।
4 #
भजनसंग्रह 35:19; यूहन्ना 15:25 मलाई बिनाकारण घृणा गर्नेहरूको सङ्ख्या
मेरो टाउकोको केशभन्दा धेरै छ,
मेरा शत्रुहरूले मेरा विरुद्धमा झूटा कुरा भन्छन्,
तिनीहरू बलिया छन् र मलाई मार्न चाहन्छन्।
मैले नचोरेको चीजबीज तिनीहरूले मलाई फर्काउन लाउँछन्।
5हे परमेश्वर! मेरा पाप तपाईंदेखि लुकेका छैनन्,
तपाईं जान्नुहुन्छ, म कति मूर्ख भएको छु।
6मेरो कारणले तपाईंमाथि भरोसा गर्नेहरू लाजमा नपरून्।
हे सर्वशक्तिमान् सार्वभौम परमप्रभु!
तपाईंलाई पुज्नेहरूलाई मेरा कारणले बदनाम नहोस्!
हे इस्राएलका परमेश्वर!
7तपाईंको कारण मेरो अपमान भएको छ
र म लाजमा परेको छु।
8मेरा दाजुभाइहरूले मलाई नचिनेझैँ गर्छन्,
मेरो परिवारभित्र म परदेशीझैँ छु।
9 #
यूहन्ना 2:17;
रोमी 15:3
तपाईंको मन्दिरप्रति मेरो भक्ति आगोझैँ बल्दछ,
तपाईंलाई गरेका अपमानहरू ममाथि पर्दै छन्।
10म उपवास बसेर आफैंलाई नम्र पार्दछु,
मानिसहरूले मेरो अपमान गर्छन्।
11म शोकको समयमा लगाउने लुगा लाएर विलाप गर्दछु
र तिनीहरूले मेरो हाँसो उडाउँछन्।
12तिनीहरूले मेरा बारेमा बाटो-बाटोमा कुरा गर्छन्
र मतवालाहरूले मेरो बारेमा गीत रच्छन्।
13तर मचाहिँ तपाईंलाई प्रार्थना गर्छु, हे परमप्रभु!
तपाईंले रोज्नुभएको समयमा मलाई उत्तर दिनुहोस्, हे परमेश्वर!
आफ्नो महान् प्रेमको कारण मलाई उत्तर दिनुहोस्
किनभने तपाईंले “बचाउँछु” भनी गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहुन्छ।
14हिलोमा डुब्नदेखि मलाई बचाउनुहोस्
मलाई मेरा शत्रुहरू र गहिरा पानीदेखि जोगाउनुहोस्।
15भल-पानी ममाथि नआओस्,
त्यसका गहिराइमा मलाई डुब्न नदिनुहोस्,
मलाई चिहानमा पर्न नदिनुहोस्।
16तपाईंको अटुट प्रेमबाट पाइने भलाइमा, हे परमप्रभु, मलाई उत्तर दिनुहोस्,
तपाईंको महान् प्रेममा मतिर फर्कनुहोस्!
17आफ्नो दासदेखि आफैंलाई नलुकाउनुहोस्,
म ठूलो कष्टमा छु; मलाई अहिले उत्तर दिनुहोस्।
18मकहाँ आउनुहोस् र मलाई बचाउनुहोस्,
मेरा शत्रुहरूदेखि मेरो रक्षा गर्नुहोस्।
19तपाईं जान्नुहुन्छ कि कसरी मेरो अपमान भएको छ,
कसरी मेरो बदनाम र बेइज्जत भएको छ।
तपाईंले मेरा सबै बैरीहरू देख्नुहुन्छ।
20अपमान भएर मेरो हृदय टुटेको छ
र मेरो मनमा पीडा छ।
मैले मायाको आशा गरेको थिएँ तर पाइनँ,
सान्त्वनाको आशा राखेको थिएँ, त्यो पनि पाइनँ।
21 #
मत्ती 27:48; मर्कूस 15:36; लूका 23:26; यूहन्ना 19:28,29 म भोकाउँदा तिनीहरूले मलाई विष दिए,
तिर्खाउँदा सिर्का पिउन दिए।
22 #
रोमी 11:9,10 तिनीहरूका भोजले तिनीहरूकै नाश गरोस्,
तिनीहरूका पवित्र भोजले तिनीहरूको पतन होस्।
23तिनीहरूलाई अन्धा पार्नुहोस्।
तिनीहरूका ढाड कुप्रिरहोस्।
24आफ्नो रिस तिनीहरूमाथि खन्याउनुहोस्,
तपाईंको क्रोधले तिनीहरूलाई विह्वल पारोस्।
25 #
प्रेरित 1:20
तिनीहरूका तम्बुमा कोही पनि जिउँदो नछोडिओस्
र तिनीहरूका पाल रित्तै होस्।
26जसलाई तपाईंले दण्ड दिनुभएको छ, तिनीहरूलाई उनीहरूले खेदो गर्छन्,
जसलाई तपाईंले घाइते बनाउनुभएको छ, तिनीहरूका दु:खका बारेमा उनीहरूले कुरा गर्छन्।
27तिनीहरूका सबै पापको हिसाब राख्नुहोस्,
तिनीहरूले तपाईंको उद्धारको केही भाग नपाऊन्।
28 #
प्रस्थान 32:32; प्रकाश 3:5; 13:8; 17:8 जीवितहरूको पुस्तकबाट तिनीहरूका नामहरू मेटिऊन्,
तपाईंको प्रजासँग तिनीहरूको गन्ती नहोस्।
29तर म दु:खी र निराश छु,
मलाई उठाउनुहोस्, हे परमेश्वर! मलाई बचाउनुहोस्!
30भजन गाएर म परमेश्वरको प्रशंसा गर्छु,
उहाँलाई धन्यवाद चढाएर म उहाँको महान्ताबारे उच्च स्वरले भन्नेछु।
31त्यसो गरेकोले परमप्रभुलाई गाईवस्तु चढाएको भन्दा
वा साँढे होमबलि गरेको भन्दा बढ्ता आनन्द दिनेछ।
32त्यो देख्दा सताइएकाहरू हर्षित हुनेछन्
र परमेश्वरलाई पुज्नेहरूले उत्साह पाउनेछन्,
33अभावमा परेकाहरूका बिन्ती परमप्रभुले सुन्नुहुन्छ
र कैदमा परेका आफ्ना प्रजालाई भुल्नुहुन्न।
34स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सारा सृष्टिले
परमेश्वरको प्रशंसा गर।
35उहाँले यरूशलेमलाई बचाउनुहुनेछ,
यहूदाका सहरहरू फेरि बनाउनुहुनेछ।
उहाँका प्रजा त्यहाँ बास गर्नेछन् र त्यस ठाउँमाथि अधिकार गर्नेछन्।
36उहाँका दासका छोरा-नातिहरूले त्यस देशमा अधिकार गर्नेछन्,
उहाँलाई प्रेम गर्नेहरू त्यहाँ बास गर्नेछन्।
Currently Selected:
भजनसंग्रह 69: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: