भजनसंग्रह 146
146
मुक्तिदाता परमेश्वरको प्रशंसा
1परमप्रभुको प्रशंसा गर!
हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्!
2म बाँचुञ्जेल उहाँको प्रशंसा गर्नेछु,
मेरो जीवनभरि म मेरो परमेश्वरको स्तुति गर्नेछु।
3संसारका अगुवाहरूमाथि भरोसा नगर,
मरणशील मानिसले तिमीलाई बचाउन सक्दैन।
4तिनीहरू मर्दा धुलोमा फर्किजान्छन्,
त्यस दिन तिनीहरूका सबै युक्तिहरूको अन्त हुन्छ।
5जुन मानिसले याकूबका परमेश्वरको सहायता पाउँदछ
र आफ्नो परमेश्वर परमप्रभुमा भर पर्दछ, ऊ खुसी हुन्छ।
6 #
प्रेरित 4:24; 14:15 स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराका
सृष्टि गर्ने उहाँ परमेश्वर हुनुहुन्छ।
उहाँले सधैँ आफ्ना प्रतिज्ञा पूरा गर्नुहुन्छ।
7उहाँले सताइएकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ,
उहाँले भोकाहरूलाई भोजन दिनुहुन्छ।
परमप्रभुले कैदीहरूलाई छुटकारा दिनुहुन्छ
8र अन्धाहरूलाई आँखा दिनुहुन्छ।
उहाँले लडेकाहरूलाई उठाउनुहुन्छ,
उहाँले आफ्ना धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।
9हाम्रा देशमा बास गर्ने परदेशीहरूलाई उहाँले रक्षा गर्नुहुन्छ,
उहाँले विधवा र टुहुरा-टुहुरीहरूलाई सहायता गर्नुहुन्छ,
तर दुष्टको युक्तिलाई नाश गर्नुहुन्छ।
10परमप्रभु सदासर्वदा राजा हुनुहुन्छ,
हे सियोन, तिम्रा परमेश्वरले सदाकालको निम्ति राज्य गर्नुहुनेछ।
परमप्रभुको प्रशंसा गर!
Currently Selected:
भजनसंग्रह 146: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.