YouVersion Logo
Search Icon

भजनसंग्रह 133

133
मेल-मिलापको प्रशंसा
1परमेश्‍वरका जनहरूले आपसमा मेलमिलापसँग जीवन बिताएको
कति उदेक र आनन्‍दको कुरा हो!
2त्‍यो त दामी अभिषेकको तेल हारूनको टाउकोदेखि
दाह्रीसम्‍म बहेको र त्‍यहाँबाट पनि उसका वस्‍त्रको कठालोसम्‍मै झरेको जस्‍तो हो।
3त्‍यो हेर्मोन पहाडमा परेको शीत,
सियोन डाँडामा पर्दैगरेको शीतजस्‍तो हो।
त्‍यहीँ परमप्रभुले आफ्‍नो आशिष् दिने प्रतिज्ञा गर्नुभएको छ,
उहाँले अनन्‍त जीवन दिने प्रतिज्ञा दिनुभएको छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in