YouVersion Logo
Search Icon

भजनसंग्रह 115

115
एकमात्र साँचो परमेश्‍वर
1तपाईंलाई मात्र, हे परमप्रभु, तपाईं एक्‍लैलाई,
हामीलाई होइन, महिमा होस्,
तपाईंको अन्‍नत प्रेम र विश्‍वासयोग्‍यताको कारण!
2किन जातिहरूले हामीलाई सोध्‍छन्,
“तिम्रा परमेश्‍वर कहाँ हुनुहुन्‍छ?”
3हाम्रा परमेश्‍वर स्‍वर्गमा हुनुहुन्‍छ,
उहाँले जे चाहनुहुन्‍छ, त्‍यही गर्नुहुन्‍छ।
4 # भजनसंग्रह 135:15-18; प्रकाश 9:20 तिनीहरूका देवताहरू मानिसका हातले
सुन र चाँदीबाट बनाएका हुन्।
5तिनीहरूका मुख छन्, तर बोल्‍न सक्‍दैनन्,
आँखा छन् तर देख्‍न सक्‍दैनन्।
6तिनीहरूका कान छन् तर सुन्‍न सक्‍दैनन्;
नाक छन् तर सुन्‍न सक्‍दैनन्, 7तिनीहरूका हात छन् तर छाम्‍न सक्‍दैनन्;
खुट्टा छन् तर हिँड्‍न सक्‍दैनन्।
तिनीहरूले अलिकति आवाज पनि निकाल्‍न सक्‍दैनन्।
8ज-जसले ती मूर्तिहरू बनाए
र तिनमा भरोसा राख्‍छन्,
तिनीहरू ती मूर्तिहरूजस्‍तै हुनेछन्।
9हे इस्राएलका प्रजा, परमप्रभुमाथि भरोसा राख,
उहाँले तिमीहरूलाई सहायता र रक्षा गर्नुहुन्‍छ।
10परमेश्‍वरका पूजाहारीहरू हो, तिमीहरू परमप्रभुमा भरोसा राख,
उहाँले तिमीहरूलाई सहायता र रक्षा गर्नुहुन्‍छ।
11उहाँलाई पुज्‍नेहरू सबै परमप्रभुमा भरोसा राख,
उहाँले तिमीहरूलाई सहायता र रक्षा गर्नुहुन्‍छ।
12परमप्रभुले हामीलाई याद गर्नुहुन्‍छ र आशिष् दिनुहुन्‍छ।
उहाँले इस्राएलका प्रजा र परमेश्‍वरका
सबै पूजाहारीहरूलाई आशिष् दिनुहुन्‍छ।
13 # प्रकाश 11:18; 19:5 उहाँलाई आदर गर्ने साना-ठूला सबैलाई
उहाँले आशिष् दिनुहुन्‍छ।
14परमप्रभुले सन्‍तानहरू देऊन्;
तिमी र तिम्रा छोरा-नातिहरूलाई पनि।
15स्‍वर्ग र पृथ्‍वी बनाउनुहुने परमप्रभुले
तिमीहरूलाई आशिष् देऊन्!
16स्‍वर्ग परमप्रभुको मात्र हो,
तर पृथ्‍वीचाहिँ उहाँले मानिसलाई दिनुभयो।
17मरेकाहरू, जो मृत्‍यु-लोकमा पुगेका छन्,
तिनीहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
18तर हामी जिउँदाहरूले
अहिले र सदाकालको लागि
उहाँलाई धन्‍यवाद चढाउनेछौं।
परमप्रभुको प्रशंसा गर!

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 115