YouVersion Logo
Search Icon

भजनसंग्रह 114

114
निस्तार-चाडको भजन
1 # प्रस्‍थान 12:51 जब इस्राएलका मानिसहरूले मिश्रदेश छोडे,
जब याकूबका सन्‍तान त्‍यो विदेशबाट निस्‍के,
2यहूदा परमप्रभुको पवित्र प्रजा बन्‍यो,
इस्राएल उहाँको आफ्‍नै सम्‍पत्ति भयो।
3 # प्रस्‍थान 14:21; यहोशू 3:16 लाल समुद्र तिनीहरूलाई देखेर पछि सर्‍यो,
यर्दन नदी बग्‍न बन्‍द भयो।
4पर्वतहरू बाख्राजस्‍तै
र डाँडाहरू भेडाजस्‍तै उफ्रे।
5हे समुद्र, के भयो? तँ पछि हटिस्?
हे यर्दन, किन तैँले बग्‍न छोडिस्?
6हे पर्वतहरू हो, तिमीहरू किन बाख्राजस्‍ता उफ्र्यौ?
हे डाँडाहरू हो, किन तिमीहरू भेडाजस्‍ता उफ्र्यौ?
7हे पृथ्‍वी, परमप्रभु आउनुहुँदा
याकूबका परमेश्‍वरको सामु तँ थरथरी काँप्‌।
8 # प्रस्‍थान 17:1-7; गन्ती 20:2-13 उहाँले चट्टानहरूलाई पानीका पोखरीमा
र कडा ढुङ्गाको पहाडलाई पानीको मुहानमा बदल्‍नुहुन्‍छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in