YouVersion Logo
Search Icon

भजनसंग्रह 110

110
परमप्रभु र उहाँको चुनिएको राजा
1 # मत्ती 22:44; मर्कूस 12:36; लूका 20:42,43; प्रेरित 2:34,35; १ कोरिन्थी 15:25; एफिसी 1:20-22; कलस्सी 3:1; हिब्रू 1:13; 8:1; 10:12,13 परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो,
“तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टामुनि मैले नपारुञ्‍जेलसम्‍म
यहाँ मेरो दाहिनेपट्टि आएर बस।”
2परमप्रभुले सियोनदेखि तिम्रा राज्‍यशक्ति बढाई फैलाउनुहुनेछ।
“तिम्रा शत्रुहरूमाथि राज्‍य गर,” उहाँले भन्‍नुहुन्‍छ।
3तिमीले आफ्‍ना शत्रुहरूसँग लडाइँ गरेका दिनमा
तिम्रा प्रजाहरू आफैं अघि बढिजानेछन्।
सबेरै बिहानका शीतजस्‍ता तिम्रा युवाहरू
तिमीकहाँ पवित्र पहाडमा आउनेछन्।
4 # हिब्रू 5:6; 6:20; 7:17,21 परमप्रभुले एउटा गम्‍भीर प्रतिज्ञा गर्नुभयो र त्‍यो बदर हुन्‍न,
“मल्‍कीसेदेकको दर्जामा तिमी नै सधैँभरि पुरोहित रहनेछौ।”
5परमप्रभु तिम्रो दाहिनेपट्टि हुनुहुन्‍छ,
उहाँ जब रिसाउनुहुन्‍छ, तब उहाँले राजाहरूको हार गराउनुहुनेछ।
6उहाँले जाति-जातिमाथि न्‍याय गरी इन्‍साफ दिनुहुनेछ
र लडाइँको मैदान लाशले भर्नुहुनेछ,
उहाँले पृथ्‍वीभरिका राजाहरूलाई हराउनुहुनेछ।
7बाटोको छेउमा खोलाको पानी राजाले पिउनेछन्
र ताजा भएर उनी विजयी भई खडा हुनेछन्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in