YouVersion Logo
Search Icon

भजनसंग्रह 106

106
आफ्‍ना प्रजाको लागि परमेश्‍वरको भलाइको काम
1 # १ इतिहास 16:34; २ इतिहास 5:13; 7:3; एज्रा 3:11; भजनसंग्रह 100:5; 107:1; 118:1; 136:1; यर्मिया 33:11 परमप्रभुको प्रशंसा गर!
परमप्रभुलाई धन्‍यवाद चढाओ
किनभने उहाँ भलो हुनुहुन्‍छ,
उहाँको प्रेम अनन्‍त छ।
2उहाँले गर्नुभएको सबै महान् कार्यहरूबारे कसले भन्‍न सक्‍छ?
कसले उहाँलाई सम्‍पूर्णरूपले प्रशंसा गर्न सक्‍छ?
3उहाँका आज्ञा मान्‍नेहरू र सधैँ ठीक काम गर्नेहरू खुसी रहनेछन्।
4हे परमप्रभु, आफ्‍ना प्रजाको सहायता गर्नुहुँदा मलाई याद राख्‍नुहोस्,
तिनीहरूलाई बचाउनुहुँदा मलाई पनि सम्‍झनुहोस्।
5तपाईंको प्रजाको फलिफाप भएको मैले देख्‍न पाऊँ,
तपाईंका जातिहरूको आनन्‍दमा
र तपाईंको गौरवमय सम्‍पत्तिमा मैले भाग लिन पाऊँ,
6हाम्रा पिता-पुर्खाहरूले जस्‍तै हामीले पाप गरेका छौं,
हामी खराब र दुष्‍ट बनेका छौं।
7 # प्रस्‍थान 14:10-12 मिश्रमा हाम्रा पुर्खाहरूले परमेश्‍वरका उदेकका कामहरू बुझेनन्,
धेरै चोटि उहाँले तिनीहरूलाई देखाउनुभएको प्रेम तिनीहरूले भुले
र लाल समुद्रमा तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको विद्रोह गरे।
8तर उहाँले प्रतिज्ञा गर्नुभएअनुसार आफ्‍ना परमशक्ति देखाउन
उहाँले तिनीहरूलाई बचाउनुभयो।
9 # प्रस्‍थान 14:21-31 उहाँले लाल समुद्रलाई आज्ञा दिनुभयो र त्‍यो सुक्‍यो
र उहाँले आफ्‍ना प्रजालाई सुखा जमिनमाथि पार गराउनुभयो।
10तिनीहरूलाई घृणा गर्नेहरूदेखि
र तिनीहरूका शत्रुहरूबाट
उहाँले तिनीहरूलाई बचाउनुभयो।
11तर समुद्रको पानीले तिनीहरूका शत्रुहरूलाई डुबाए,
एक जना पनि बाँचेन।
12 # प्रस्‍थान 15:1-21 तब उहाँका प्रजाले उहाँको प्रतिज्ञामा विश्‍वास गरे
र उहाँको प्रशंसाका भजन गाए।
13तर उहाँले गर्नुभएको काम छिट्टै तिनीहरूले भुले
र उहाँको सल्‍लाह नपर्खी आफ्‍ना काम गरे।
14 # गन्ती 11:4-34 मरुभूमिमा तिनीहरूले अनेक प्रकारका लालसा गरे
र परमेश्‍वरको जाँच गरे।
15यसैले तिनीहरूले मागेका सबै कुराहरू उहाँले तिनीहरूलाई दिनुभयो,
तर एउटा डरलाग्‍दो रोग पनि तिनीहरूका बीचमा पठाउनुभयो।
16 # गन्ती 16:1-35 परमप्रभुका पवित्र सेवकहरू; मोशा र हारूनलाई,
तिनीहरूले मरुभूमिमा ईर्ष्‍या गरे।
17तब पृथ्‍वी फाट्यो र दातानलाई निल्‍यो
र अबीराम र त्‍यसका परिवार त्‍यहाँ गाडिए।
18तिनीहरूका पछि लाग्‍नेहरूमाथि आगोको वर्षा भयो
र ती दुष्‍ट मानिसहरू भस्‍म भए।
19 # प्रस्‍थान 32:1-14 तिनीहरूले होरेबमा सुनको बाछो बनाए
र त्‍यस मूर्तिको पूजा गरे।
20तिनीहरूले परमेश्‍वरलाई दिने महिमालाई
एउटा घाँस खाने पशुको मूर्तिसँग साटे।
21मिश्रमा आफ्‍ना सामर्थी कामहरूद्वारा
तिनीहरूलाई बचाउनुहुने परमेश्‍वरलाई तिनीहरूले बिर्से।
22त्‍यहाँ कस्‍ता उदेकका कामहरू उहाँले गर्नुभयो!
लाल समुद्रमा कस्‍ता आश्‍चर्यका काम गर्नुभयो!
23जब परमेश्‍वरले ती आफ्‍ना प्रजालाई नाश गर्ने काम गर्नुभयो,
तब उहाँको चुनिएका सेवक मोशा खडा भएर तिनीहरूलाई परमेश्‍वरको क्रोधबाट नष्‍ट हुनदेखि बचाए।
24 # गन्ती 14:1-35 तर तिनीहरूले परमेश्‍वरको प्रतिज्ञामा भरोसा नगरेका कारणले
तिनीहरूले त्‍यो मनोहर देशलाई इन्‍कार गरिबसे।
25तिनीहरूले आफ्‍ना तम्‍बुमा गनगन गरिबसे
र परमप्रभुको वचन सुनेनन्।
26यसकारण उहाँले तिनीहरूलाई एउटा कडा चेतावनी दिनुभयो,
“म तिमीहरूलाई मरुभूमिमा नष्‍ट पार्नेछु।”
27 # लेवी 26:33 तिनीहरूका सन्‍तान अविश्‍वासीहरूका माझमा छरपष्‍ट हुने
र परदेशमा मर्नुपर्ने चेतावनी दिनुभयो।
28 # गन्ती 25:1-13 तब पोरमा परमेश्‍वरको प्रजाले बाल देवताको पूजामा भाग लिए
र निर्जीव देवताहरूलाई बलि चढाएका कुराहरू खाए।
29यसरी आफ्‍ना कामले तिनीहरूले परमप्रभुको क्रोधलाई जगाए
र तिनीहरूका बीचमा एउटा डरलाग्‍दो रोग फैलियो।
30पीनहासले उठेर अपराधीहरूलाई दण्‍ड दिए
र त्‍यो रुढी बन्‍द भयो।
31त्‍यसपछि सधैँ यो कुरा उनका गुणको रूपमा याद गरिन्‍छ
र सधैँ त्‍यसरी याद गरिनेछ।
32 # गन्ती 20:2-13 मेरीबाको खोलाछेउ मानिसहरूले परमप्रभुलाई रिस उठाए,
जसका कारणले मोशा अप्‍ठ्यारोमा परेका थिए।
33तिनीहरूले मोशालाई यत्ति विरक्त पारे
कि केही नसोची उनी बोल्‍न लागे।
34 # न्यायकर्ता 2:1-3; 3:5,6 परमप्रभुले आज्ञा गर्नुभएअनुसार
तिनीहरूले अविश्‍वासीहरूलाई मारेनन्,
35तर तिनीहरूले ती अविश्‍वासीहरूसँग बिहेवारी चलाए
र तिनीहरूका अविश्‍वासी चालमा चल्‍न थाले।
36परमेश्‍वरका मानिसहरूले मूर्तिपूजा गरे
र त्‍यसले गर्दा तिनीहरूको नाश भयो।
37 # २ राजा 17:17 कनान देशका मूर्तिहरूको सामु
तिनीहरूले आफ्‍नै छोरा-छोरीहरू बलि चढाए।
38 # गन्ती 35:33 ती निर्दोष छोरा-छोरीहरूलाई तिनीहरूले मारे
र त्‍यस हत्‍याकाण्‍डले देश अपवित्र भयो।
39आफ्‍ना कर्मले तिनीहरू आफैं अपवित्र बने
र परमेश्‍वरप्रति अविश्‍वासयोग्‍य भए।
40 # न्यायकर्ता 2:14-18 यसकारण परमप्रभु आफ्‍नो प्रजासँग रिसाउनुभयो,
उहाँ तिनीहरूसँग विरक्त हुनुभयो।
41उहाँले तिनीहरूलाई अविश्‍वासीहरूका शक्तिमुनि छोडिदिनुभयो
र तिनका शत्रुहरूले तिनीहरूमाथि राज गरे।
42शत्रुहरूले तिनीहरूलाई सताए
र तिनीहरूमाथि पूरा अधिकार गरे।
43धेरै चोटि परमप्रभुले आफ्‍ना प्रजाको उद्धार गर्नुभयो,
तर तिनीहरूले उहाँप्रति विद्रोह गर्न नै रोजे
र पापमा गहिरोसित डुबिगए।
44तरै पनि जब तिनीहरूले पुकारे, परमप्रभुले सुन्‍नुभयो
र तिनीहरूका दु:ख-कष्‍टलाई हेर्नुभयो।
45तिनीहरूको खातिर उहाँले आफ्‍ना करार याद गर्नुभयो
र आफ्‍ना महान् प्रेमको कारणले तिनीहरूप्रति कोमल हुनुभयो।
46तिनीहरूलाई सताउनेहरू सबैलाई
उहाँले तिनीहरूलाई टिठ्याउने तुल्‍याउनुभयो।
47 # १ इतिहास 16:35,36 हे परमप्रभु, हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस्
र जाति-जातिका बीचबाट हामीलाई फर्काई ल्‍याउनुहोस्,
तब हामी धन्‍यवादी हुनेछौं
र तपाईंको पवित्र नामको प्रशंसा गर्नेछौं।
48परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गर,
अहिले र सदासर्वदा उहाँको प्रशंसा गर।
प्रत्‍येकले भनोस्, “आमेन।”
परमप्रभुको प्रशंसा गर!

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in