भजनसंग्रह 104
104
सृष्टिकर्ताको प्रशंसा
1हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्!
हे परमप्रभु, मेरा परमेश्वर, तपाईं कति महान् हुनुहुन्छ!
तपाईंले महिमा र गौरव पहिरनुभएको छ।
2तपाईं ज्योतिले ढाकिनुभएको छ,
तपाईंले पाल टाँगेजस्तै आकाश फैलाउनुभएको छ
3र आकाशमा पानीमाथि आफ्नो भवन बनाउनुभयो।
तपाईं बादलका रथमा र बतासका पखेटामा सवार हुनुहुन्छ।
4 #
हिब्रू 1:7
बतासद्वारा तपाईंले आफ्ना समाचार पठाउनुहुन्छ
र चम्केको बिजुलीद्वारा आफ्ना काम गराउनुहुँदछ।
5तपाईंले पृथ्वीलाई दरिलो गरेर त्यसका जगमा बसाल्नुभएको छ
र त्यो कहिल्यै हल्लनेछैन।
6त्यसलाई महासागरले खास्टोले झैँ ढाक्नुभएको छ
र पर्वतहरूलाई पानीले छोप्नुभएको छ।
7तपाईंले पानीलाई हकार्नुहुँदा ती भागे,
तपाईंको आज्ञाको स्वर सुनेर ती हतारसाथ हटिगए।
8तपाईंले तयार पार्नुभएको ठाउँमा
पहाडदेखि बेसीहरूमा ती बहिगए।
9तिनीहरूले नाघ्न नसक्ने गरी सिमाना तपाईंले लाइदिनुभयो
र त्यसले तिनीहरूलाई फेरि पृथ्वीलाई ढाक्नदेखि रोक्दछ।
10तपाईंले बेसीमा खोला-नालालाई बग्न लाउनुहुन्छ
र पहाडहरूका बीचमा नदीहरू बग्छन्।
11तिनीहरूले जङ्गली पशुहरूलाई पिउने पानी दिन्छन्
र जङ्गली गधाहरूले त्यहाँ तिर्खा मेटाउदँछन्।
12चराहरूले छेउका रूखहरूमा गुँड बनाउँछन् र गाउँछन्,
13तपाईंले वर्षा आकाशबाट पहाडहरूमा पठाउनुहुन्छ
र तपाईंको आशिष्ले पृथ्वी भरिएको छ।
14तपाईंले गाई-वस्तुको लागि घाँस-पात
र मानिसको लागि बनस्पति उमार्नुहुन्छ
र मानिसले अन्नबालीको उब्जनी गर्न सक्छन्।
15मानिस प्रसन्न हुनलाई मद्य, हँसिलो मुख हुनलाई भद्राक्षको तेल
र बल पाउनलाई रोटी उहाँले दिनुहुन्छ।
16परमप्रभुले रोप्नुभएका रूखहरू लेबनानका देवदारुहरूले प्रशस्त वर्षा पाउँछन्।
17चराहरूले त्यहाँ आफ्ना गुँड बनाउँछन्
र सल्लाका रूखमा सारसहरूले गुँड बनाई बस्छन्।
18अग्ला पहाडहरूमा जङ्गली बाख्राहरू बस्छन्
र न्याउरी मुसाहरू चट्टानका चेपमा लुक्दछन्।
19तपाईंले महिनाहरू छुट्ट्याउन जून बनाउनुभयो,
घामले आफ्नो अस्ताउने समय जान्दछ।
20तपाईंले रात बनाउनुभयो
र अँध्यारोमा सबै जङ्गली पशुहरू बाहिर निस्कन्छन्।
21परमेश्वरले दिनुभएको आहार खोज्दै शिकार गर्दा
सिंहहरू गर्जन्छन्।
22घाम उदाउँदा तिनीहरू फर्की जान्छन्
र आफ्ना गुफामा सुत्छन्।
23तब मानिसहरू आफ्ना काम गर्न निस्कन्छन्
र साँझसम्म काम गरिरहन्छन्।
24परमप्रभु, तपाईंले यति धेरै चीजहरू बनाउनुभएको छ,
कस्तो महान् बुद्धिले तपाईंले ती सबै बनाउनुभयो,
तपाईंको सृष्टिले यो पृथ्वी भरिएको छ।
25ठूला-साना, अनगन्ती जीवजन्तुहरू बास गर्नलाई
ठूला र चौडा महासागर छन्।
26 #
अय्यूब 41:1; भजनसंग्रह 74:14; यशैया 27:1 त्यसमा जहाजहरू चल्दछन्
र तपाईंले बनाउनुभएको जल-जन्तु लिव्यातन् त्यहाँ खेल्दछ।
27आफूलाई चाहेका बेलामा आहार पाउन
तिनीहरू सबै तपाईंमा भर पर्दछन्।
28तपाईंले आहार दिनुहुन्छ र तिनीहरूले खान्छन्,
तपाईंले दिनुभएको आहारले तिनीहरू अघाउँदछन्।
29जब तपाईंले आफ्नो मुहार फर्काउनुहुन्छ, तिनीहरू डराउँछन्,
जब तपाईंले तिनीहरूको सास रोक्नुहुन्छ, तिनीहरू मर्दछन्
र जुन धुलोबाट तिनीहरू आएका थिए, त्यहीँ फर्किजान्छन्।
30तर जब तपाईंले तिनीहरूलाई सास दिनुहुन्छ, तिनीहरूको सृष्टि हुन्छ,
तपाईं पृथ्वीलाई नयाँ जीवन दिनुहुन्छ।
31परमप्रभुको महिमा सदाकाल रहोस्!
परमप्रभु आफ्ना सृष्टिसँग प्रसन्न रहून्!
32उहाँले पृथ्वीलाई हेर्नुहुन्छ र त्यो काँप्दछ,
उहाँले पहाडहरूलाई छुनुहुन्छ र तिनले धुवाँ निकाल्दछन्।
33म जीवनभरि परमप्रभुको निम्ति भजन गाउनेछु;
म जतिञ्जेल बाँचूला, म मेरा परमेश्वरको प्रशंसा गाउनेछु।
34उहाँ मेरा भजनसँग प्रसन्न होऊन्
किनभने मेरो आनन्द उहाँबाट आउँदछ।
35पापीहरू पृथ्वीबाट नाश होऊन्;
दुष्टहरूको नाम-निशाना मेटिओस्।
परमप्रभुको प्रशंसा गर्, हे मेरो प्राण!
परमप्रभुको प्रशंसा गर्!
Currently Selected:
भजनसंग्रह 104: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: