भजनसंग्रह 102
102
कष्ट पाएका युवाको प्रार्थना
1हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्,
सहायताको लागि मेरो पुकार सुन्नुहोस्।
2म कष्टमा छँदा मदेखि तर्किनजानुहोस्,
मैले पुकार्दा सुन्नुहोस् र झट्टै जवाफ दिनुहोस्।
3मेरो जीवन धुवाँझैँ हराउँदै छ,
मेरो शरीर आगोझैँ जल्दै छ,
4म सुकेको घाँसझैँ दलिएको छु,
मेरो खाने इच्छा हराएको छ।
5म कष्टमा जोडले कराउँदछु,
म हाड र छाला मात्र भएको छु।
6म मरुभूमिको एउटा जङ्गली चरोजस्तो छु,
ध्वंस भएका ठाउँमा छोडिएको लाटोकोसेरोजस्तै छु।
7अनि अनिद्राले म जागै रहन्छु,
घरको धुरीमा भएको एकलो चराझैँ छु।
8दिनहुँ मेरा शत्रुहरूले मेरो अपमान गर्छन्,
मलाई खिसी गर्नेहरूले सराप दिँदै मेरो नाम लिन्छन्।
9-10तपाईंका रिस र बल्दो क्रोधका कारणले
खरानी मेरो खानेकुरा भएको छ
र पिउने कुरामा मेरो आँसु मिसिएको छ।
तपाईंले मलाई उठाएर फ्याँक्नुभयो।
11मेरो जीवन साँझको छायाजस्तै छ,
म सुकेको घाँसजस्तै छु।
12तर तपाईं, हे परमप्रभु, सदाको निम्ति राजा हुनुहुन्छ,
पुस्ता-पुस्ताले तपाईंलाई याद गर्नेछन्।
13तपाईं उठ्नुहुनेछ र सियोनलाई टिठ्याउनुहुनेछ,
त्यसमाथि निगाह गर्ने बेला आइपुगेको छ
र ठीक समय यही नै हो।
14सियोनको नाश भएको छ,
तापनि तपाईंका सेवकहरूले त्यसलाई प्रेम गर्छन्।
त्यसको ध्वंस भएको छ,
तापनि तिनीहरूले त्यसलाई टिठ्याउँदछन्।
15जातिहरूले परमप्रभुको डर मान्नेछन्,
पृथ्वीका सबै राजाहरूले उहाँको शक्तिको भय मान्नेछन्।
16जब परमप्रभुले सियोनलाई फेरि बनाउनुहुनेछ,
उहाँले आफ्नो महान्ता देखाउनुहुनेछ।
17उहाँले आफ्ना त्यागिएका प्रजाको पुकार सुन्नुहुन्छ
र तिनीहरूका प्रार्थना सुन्नुहुनेछ।
18आउने पुस्ताको लागि परमेश्वरले के काम गर्नुभएको छ, लेखिराख
र आजसम्म नजन्मेका मानिसहरूले उहाँको प्रशंसा गर्नेछन्।
19अग्लोमा रहेको आफ्नो पवित्रस्थानबाट परमप्रभुले उँधो हेर्नुभयो,
उहाँले स्वर्गबाट पृथ्वी हेर्नुभयो।
20उहाँले कैदीहरूका दु:खको पुकार सुन्नुभयो
र प्राण दण्ड पाएकाहरूलाई छुटकारा दिनुभयो।
21सियोनमा परमप्रभुको नाम उच्च स्वरमा सुनाइनेछ,
र यरूशलेममा उहाँको प्रशंसा हुनेछ।
22त्यति बेला जाति र राज्यहरू एक भएर आउनेछन्
र परमप्रभुलाई पुज्नेछन्।
23म युवा छँदा उहाँले मलाई कमजोर बनाउनुभएको छ,
उहाँले मेरो आयु छोटो गर्नुभएको छ।
24हे मेरा परमेश्वर, म बुढो हुनुभन्दा अघि,
अहिले नै मलाई नउठाउनुहोस्।
तपाईं सदासर्वदा बाँचिरहनुहुनेछ।
25 #
हिब्रू 1:10-12
सुरुमा तपाईंले पृथ्वी सृजनुभयो,
आफ्नै हातले आकाश बनाउनुभयो।
26तिनीहरू हराइजानेछन्,
तर तपाईं रहिरहनुहुनेछ,
तिनीहरू लुगा-फाटाजस्तै फाटिजानेछन्।
कपडा फालेझैँ तपाईंले फाल्नुहुनेछ
र तिनीहरू हराउनेछन्।
27तर तपाईं सदासर्वदा एकनास हुनुहुन्छ।
तपाईंको जीवनको अन्त छैन।
28हाम्रा छोरा-छोरीहरू कुशलका साथ बाँच्नेछन्
र तपाईंको सुरक्षामा तिनका सन्तानहरू निर्धक्क रहनेछन्।
Currently Selected:
भजनसंग्रह 102: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.