YouVersion Logo
Search Icon

भजनसंग्रह 101

101
राजाको प्रतिज्ञा
1मेरो भजन भक्ति र न्‍यायका विषयमा छ
र तपाईंको निम्‍ति म गाउँदछु, हे परमप्रभु!
2मेरा चालचलन निष्‍कलङ्क हुनेछन्‌,
कहिले तपाईं मकहाँ आउनुहुनेछ?
म आफ्‍नो घरमा पवित्र जीवन बिताउनेछु,
3म खराबीलाई कहिल्‍यै सहनेछैनँ,
परमेश्‍वरदेखि तर्की जानेहरूका काम म घृणा गर्दछु।
तिनीहरूसँग मेरो केही सरोकार छैन।
4म बेइमान हुनेछैनँ
र दुष्‍टसँग केही सम्‍बन्‍ध राख्‍नेछैनँ।
5म अर्काको निन्‍दा गर्नेलाई हटाउनेछु,
म घमण्‍डी र ढिट मानिसलाई सहनेछैनँ।
6परमेश्‍वरसँग विश्‍वासयोग्‍य रहनेहरूलाई म मन पराउनेछु
र तिनीहरूलाई मेरो राजमहलमा बास गर्न दिनेछु।
जो पुर्ण इमानदार छन्, तिनीहरूले मेरो सेवा गर्न पाउनेछन्।
7कोही झूट बोल्‍ने व्‍यक्ति मेरो महलमा बास गर्नेछैन,
कोही छलकपट गर्ने मेरो सामु रहनेछैन।
8हाम्रा देशमा भएका दुष्‍ट मानिसहरूलाई म दिनैपिच्‍छे नाश गर्नेछु,
परमप्रभुको सहरबाट म खराब मानिसहरूलाई धपाउनेछु।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 101