YouVersion Logo
Search Icon

भजनसंग्रह 100

100
प्रशंसाको भजन
1सारा संसारले परमप्रभुको स्‍तुति गर!
2परमप्रभुलाई आनन्‍दसाथ उपासना गर,
आनन्‍दका भजन गाएर उहाँको सामु आओ!
3परमप्रभु परमेश्‍वर हुनुहुन्‍छ; यो कहिल्‍यै नभुल,
उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँका हौं,
हामी उहाँका प्रजा हौं, उहाँका बथानका भेडाहरू हौं।
4उहाँको मन्‍दिरका मूल-ढोकामा धन्‍यवादसित पस,
उहाँका आँगनमा प्रशंसा गर्दै जाओ,
उहाँलाई धन्‍यवाद चढाओ
र प्रशंसा गर।
5 # १ इतिहास 16:34; २ इतिहास 5:13; 7:3; एज्रा 3:11; भजनसंग्रह 106:1; 107:1; 118:1; 136:1; यर्मिया 33:11 परमप्रभु भलो हुनुहुन्‍छ,
उहाँको प्रेम अनन्‍तसम्‍म रहिरहन्‍छ
र उहाँको विश्‍वासयोग्‍यता सदाकालको निम्‍ति रहँदछ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in