हितोपदेश 27
27
1 #
याकूब 4:13-16
भोलिको घमण्ड कहिल्यै नगर्नू, आज र भोलिभित्र के हुन्छ, कसैले जान्दैन।
2अरू मानिसहरूले र अपरिचितहरूले पनि तिमीलाई तारिफ गरून्; आफैंले आफूलाई कहिल्यै तारिफ नगर्नू।
3ढुङ्गा र बालुवा गह्रौं हुन्छ तर मूर्खले ल्याएको दु:ख अझै गह्रौं हुन्छ।
4रिस निर्दयी र मृत्युजनक हुन्छ तर डाहा रिसभन्दा विनाशकारी हुन्छ।
5गुप्त प्रेमभन्दा खुल्ला हप्की असल हो।
6मित्रले दिएको चोटले केही बिगार गर्दैन। तर शत्रुले अँगालो हाल्यो भने सावधान हुनू।
7अघाएको पेटले मह रुचाउँदैन तर भोकाएकोले तीतो पनि मीठो मानी खान्छ।
8घरबाट टाढा भएको मानिस गुँडबाट बिच्केको चराझैँ हो।
9अत्तर र सुगन्ध भएको तेलले मन खुसी पार्दछ, साथीको असल सल्लाह मित्रताको सुशीलता हो।
10आफ्ना मित्र वा आफ्ना बुबाका मित्रलाई नभुल। दु:ख पाउँदा भाइबाट सहायता नमाग। टाढाको भाइभन्दा छेउको छिमेकी असल हो।
11ए मेरो छोरो, बुद्धिमान् हो र मेरो मन प्रसन्न हुनेछ र मेरो निन्दा गर्नेलाई मुखभरिको उत्तर दिनेछु।
12समझदार मानिसहरू, खतरा आउँदैगरेको देखेर जोगिन्छन् तर सोच-विचार नगर्ने मानिस त्यसमा सोझै जाकिन्छ र पछि त्यसलाई पछुतो पर्छ।
13नचिनेको मानिस वा विदेशीको ऋणमा जमानी बस्ने मूर्ख मानिसले आफ्नो सम्पत्ति बन्धकी राखिनुपर्छ।
14मित्रलाई एकाबिहानै उठेर जोडसित कराएर अभिवादन गरेको चाहिँ सरापेको जस्तो हो।
15कचकचे स्वास्नी वर्षाको तपतपे पानीजस्तै हो। 16त्यसको मुख चुप गराउनुचाहिँ बतासलाई थाम्नु वा हातले तेल समात्न खोज्नुजस्तै हो।
17फलामले फलामलाई उध्याउँछ, मानिसले मानिसको बुद्धिलाई तिर्खाछ।
18नेभाराको बोट स्याहार्नेले त्यसको फल खाँदछ। मालिकको स्याहार-सुसार गर्ने चाकर सम्मानित हुन्छ।
19पानीमा मानिसले आफ्नै अनुहार देख्छ, हृदयमा उसले आफ्नै चरित्र देख्छ।
20मृत्यु-लोक कहिल्यै तृप्त हुँदैन, मानिसको लालसा पनि कहिल्यै तृप्त हुँदैन।
21आगोमा सुन र चाँदीको जाँच गरेझैँ मानिसको सुनामको पनि जाँच हुन सक्छ।
22मूर्खलाई मरुञ्जेल कुटेर पनि त्यसको मूर्खता निक्लेर जाँदैन।
23आफ्ना भेडा र गाई-वस्तुको राम्ररी हेरचाह गर 24किनभने तिम्रो धन-सम्पत्ति सधैँभरिको निम्ति हुँदैन। राजवंश पनि सधैँभरि रहँदैन। 25पहिले पराल काट र त्यसपछि डाँडामा घाँस काट्दा अर्को बाली पराल फेरि तयार हुँदैगरेको हुन्छ, 26भेडाका ऊनले कपडा बनिन्छ र बाख्राहरू बेचेर जग्गा-जमिन किन्न सकिन्छ। 27तिमी, तिम्रा परिवार र कमारीहरूको निम्ति प्रशस्त हुने गरी बाँकी रहेका बाख्राको दूध पनि हुन्छ।
Currently Selected:
हितोपदेश 27: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.