YouVersion Logo
Search Icon

मर्कूस पुस्‍तक परिचय

पुस्‍तक परिचय
यो सुसमाचार मर्कूसले यसो भनेर थालेका छन्– “परमेश्‍वरका पुत्र येशू ख्रीष्‍टबारे सुसमाचार।” यसमा येशूको काम र अधिकारको विषयबारे लेखिएको छ। उहाँ अधिकार पाउनुभएको व्‍यक्ति हुनुहुन्‍छ भन्‍ने कुरा उहाँका कामहरूबाट देखापर्छ, जस्‍तै: उहाँले शिक्षा दिनुहुँदा, भूतहरू निकाल्‍नुहुँदा, मानिसहरूका पाप क्षमा गर्नुहुँदा, येशूले मानिसहरूलाई पापबाट बचाउनलाई आफ्‍नो प्राणसमेत दिन आएको ‘मानिसको पुत्र’ हुँ भन्‍नुभएको छ।
यसमा मर्कूसले येशूको उपदेश र शिक्षालाई भन्दा उहाँले गरेर देखाउनुभएका कामलाई जोड दिएर लेखेका छन्। बप्‍तिस्‍मा दिने यूहन्‍ना, येशूको बप्‍तिस्‍मा र उहाँको परीक्षाको विषयमा छोटो परिचय दिएपछि मर्कूसले लगत्तै येशूले गर्नुभएको चङ्गाइ र शिक्षा दिने सेवाको विषयमा बयान गर्छन्। जसरी समय बित्‍दै जान्‍छ, उहाँका चेलाहरूले उहाँलाई झन् राम्ररी बुझ्‍न थाल्‍छन्, तर उहाँका विरोधीहरूले भने उहाँसित अझ दुश्‍मनी बढाउँछन्। यस पुस्‍तकको अन्‍तमा येशूको जीवनको पछिल्‍लो हप्‍ता, खासगरी उहाँ क्रूसमा मर्नुभएको र फेरि बिउँतिनुभएको विषयमा लेखिएको छ।
संक्षिप्‍त विषय-सूची
सुसमाचारको थालनी १:१-१३
येशूले गालीलमा गर्नुभएका काम १:१४—९:५०
गालीलदेखि यरूशलेमसम्‍म १०:१-५२
यरूशलेममा बितेको आखिरी हप्‍ता ११:१—१५:४७
येशू मरेकोबाट बिउँतनुभएको १६:१-८
बिउँतनुभएपछि प्रभु देखा पर्नुभएको र स्‍वर्गतिर जानुभएको १६:९-२०

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in