मत्ती 24:37-39
मत्ती 24:37-39 सरल नेपाली
म मानव पुत्र आउन लाग्ने दिनहरूमा नोआको पालामा भएजस्तै हुनेछ। त्यस बेला नोआ जहाजमा पसुञ्जेल मानिसहरू भोज-भतेर र बिहेबारी गर्नमा मस्त थिए। बाढी आएर सबैलाई सखाप पारेर नलैजाँदासम्म तिनीहरूलाई केही थाहै भएन। म मानव पुत्र आउँदा पनि त्यस्तै हुनेछ।