YouVersion Logo
Search Icon

मत्ती 19

19
पत्‍नी त्‍याग्‍नुहुन्‍न भन्‍ने शिक्षा
(मर्कूस १०:१-१२)
1येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँ गालीलबाट हिँडेर यहूदिया इलाकाको यर्दन नदीको पारि भएको भागमा जानुभयो। 2मानिसको ठूलो धुइरो उहाँको पछिपछि लाग्‍यो र उहाँले तिनीहरूलाई निको पार्नुभयो।
3अनि केही फरिसीहरूले उहाँकहाँ आएर उहाँलाई कुरैकुरामा फसाउन सोधे, “कसैले कुनै कारणले आफ्‍नी पत्‍नी त्‍याग्‍नुहुन्‍छ कि हुँदैन?” 4#उत्‍पत्ति 1:27; 5:2येशूले जवाफ दिँदै भन्‍नुभयो, “के तिमीहरूले धर्मशास्‍त्रमा पढेका छैनौ? सुरुमा सृष्‍टिकर्ताले मानिसलाई पुरुष र स्‍त्री गरी बनाउनुभयो। 5#उत्‍पत्ति 2:24‘त्‍यसकारण पुरुषले आफ्‍ना आमा-बुबालाई छोडेर आफ्‍नी पत्‍नीसँगै बस्‍छ र ती दुई मिलेर एउटै हुन्‍छन्।’ 6त्‍यसैले अब तिनीहरू दुई होइनन्, तर एउटै हुन् अनि परमेश्‍वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।”
7 # व्यवस्था 24:1-4; मत्ती 5:31 फरिसीहरूले उहाँलाई सोधे, “त्‍यसो भए किन मोशाले पत्‍नी त्‍याग्‍नेलाई त्‍यागपत्र लेखेर त्‍याग्‍नू भनेको त?” 8येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूको अट्टेरी मनको कारण पत्‍नी त्‍याग्‍न सकिन्‍छ भनेका हुन्। तर सुरुमा त त्‍यस्‍तो थिएन। 9#मत्ती 5:32; १ कोरिन्थी 7:10,11हेर, म तिमीहरूलाई भन्‍छु, व्‍यभिचारको दोषबाहेक पत्‍नीलाई त्‍यागेर अर्कीलाई बिहे गर्ने पुरुषले व्‍यभिचार नै गर्छ।”
10उहाँका चेलाहरूले भने, “पति-पत्‍नीको सम्‍बन्‍ध यस्‍तै हुने रहेछ भने त बिहे नै नगर्नु राम्रो।” 11येशूले भन्‍नुभयो, “मैले भन्‍न लागेको यो कुरा तिनीहरूले मात्र लिन सक्‍छन्, जसलाई परमेश्‍वरले दिनुहुन्‍छ। 12बिहे नगर्ने बेग्‍लाबेग्‍लै कारणहरू हुन्‍छन् किनभने कति त जन्‍मैदेखि नपुंसक हुन्‍छन्, कसैलाई अरू मानिसले नपुंसक बनाइदिएका हुन्‍छन् अनि कतिचाहिँ परमेश्‍वरको राज्‍यको लागि बिहे नगर्ने पनि हुन्‍छन्। अब मान्‍न सक्‍नेले चाहिँ यो कुरा मानोस्।”
साना बालकहरूलाई आशीर्वाद
(मर्कूस १०:१३-१६; लूका १८:१५-१७)
13त्‍यस बेला येशूले आफ्‍ना हात राखेर आशिष् देऊन् र प्रार्थना गरून् भनेर मानिसहरूले आफ्‍ना केटा-केटीहरूलाई उहाँकहाँ ल्‍याए। यो देखेर चेलाहरूले ती मानिसहरूलाई हप्‍काए। 14तर येशूले भन्‍नुभयो, “केटा-केटीहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक किनभने परमेश्‍वरको राज्‍य त यस्‍तैहरूको लागि नै हो।”
15अनि उहाँले तिनीहरू एक-एकमाथि हात राखी आशीर्वाद दिएर जानुभयो।
धनी मानिस
(मर्कूस १०:१७-३१; लूका १८:१८-३०)
16एकपल्‍ट एक जना तन्‍नेरी मानिसले येशूकहाँ आएर सोधे, “गुरुज्‍यू, अजम्‍मरी जीवन पाउन मैले कुनचाहिँ असल काम गर्नुपर्छ?”
17येशूले जवाफ दिनुभयो, “असल कामको बारेमा तिमी किन मलाई सोध्‍छौ? असल त एउटै मात्र हुनुहुन्‍छ। तिमीले अजम्‍मरी जीवन पाउन चाहन्‍छौ भने परमेश्‍वरकै व्यवस्था पालन गर।”
18 # प्रस्‍थान 20:13; व्यवस्था 5:17; प्रस्‍थान 20:14; व्यवस्था 5:18; प्रस्‍थान 20:15; व्यवस्था 5:19; प्रस्‍थान 20:16; व्यवस्था 5:20 तिनले सोधे, “कुन आज्ञाहरू भन्‍नुभएको?”
येशूले भन्‍नुभयो, “यिनै त हुन्– मान्‍छे नमार्नू, व्‍यभिचार नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू। 19#प्रस्‍थान 20:12; व्यवस्था 5:16; लेवी 19:18आमा-बुबाको आदर गर्नू अनि आफ्‍ना छरछिमेकीलाई पनि आफैंलाई जस्‍तै प्रेम गर्नू।”
20तन्‍नेरी मानिसले भने, “यी सबै आज्ञाहरू त मैले मान्‍दै आएकै छु। अरू के गर्नुपर्छ?”
21येशूले तिनलाई भन्‍नुभयो, “तिमी साँच्‍चै ठीक हुन खोज्‍छौ भने गएर भएभरको सम्‍पत्ति बेचेर आएको पैसा गरीबहरूलाई देऊ र तिमीले स्‍वर्गीय धन पाउनेछौ अनि आएर मेरो पछि लाग।”
22यस्‍तो कुरा सुनेर ती तन्‍नेरी मानिस अँध्‍यारो मुख लगाएर गए किनभने तिनको धेरै धन-सम्‍पत्ति थियो।
23त्‍यसपछि येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा पस्‍न धेरै गाह्रो छ। 24फेरि म तिमीहरूलाई भन्‍छु, धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा पस्‍नुभन्दा त ऊँटलाई पो सियोको नाथ्रीबाट छिर्न सजिलो होला।” 25चेलाहरूले छक्‍क पर्दै भने, “त्‍यसो भए कसले मुक्ति पाउन सक्‍छ त?” 26येशूले तिनीहरूलाई हेरेर भन्‍नुभयो, “यो मानिसबाट हुनै नसक्‍ने कुरा हो, तर परमेश्‍वरबाट भने सबै कुरा हुन सक्‍छ।”
27त्‍यसपछि पत्रुसले भने, “हेर्नुहोस्, हामीले त सबै कुरा छोडेर तपाईंलाई पछ्याएका छौं। हामीले के पाउनेछौं?” 28#मत्ती 25:31; लूका 22:30येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मानव पुत्र त्‍यस नयाँ राज्‍यमा आफ्‍नो जगमगाउँदो राजसिंहासनमा बस्‍नेछ। त्‍यस बेला मलाई पछ्याउने तिमीहरू पनि आफ्‍ना बाह्रवटा सिंहासनमा बस्‍नेछौ र इस्राएलका बाह्र कुलको न्‍याय गर्नेछौ। 29मेरो लागि आफ्‍नो घरबार, दाजुभाइ, दिदी-बहिनी, आमा-बुबा, छोरा-छोरी, जग्‍गा-जमिन त्‍याग्‍नेहरूले योभन्दा सय गुणा बढी र अजम्‍मरी जीवनसमेत पाउनेछन्। 30#मत्ती 20:16; लूका 13:30तर अहिले पहिला हुनेहरूमध्‍ये धेरै पछि पर्नेछन् र अहिले पछि हुनेहरूचाहिँ पहिला हुनेछन्।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in