यर्मिया 30
30
आफ्ना प्रजालाई परमप्रभुको प्रतिज्ञा
1परमप्रभु इस्राएलका परमेश्वरले 2मलाई भन्नुभयो, “मैले तँलाई भनेका सबै कुरा एउटा पुस्तकमा लेख् 3किनभने त्यो समय आउँदै छ, जब म मेरा प्रजा इस्राएल र यहूदालाई कैदबाट फकाई ल्याउनेछु। मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु र फेरि तिनीहरूले त्यस देशमा अधिकार गर्नेछन्। म परमप्रभु बोलेको छु।”
4इस्राएल र यहूदाका मानिसहरूलाई परमप्रभु यसो भन्नुहुन्छ,
5“मैले डराएकाहरूको सोर, एउटा भयको रुवाइ सुनें तर शान्तिको होइन।
6पर्ख र सोच! कुनै पुरुषले बच्चा जन्माउन सक्छ र? तब किन हरेक पुरुषले व्यथा लागेकी स्त्रीले झैँ आफ्ना पेटमा हात राखेको म देख्दछु? किन हरेकको अनुहार पहेंलो भएको छ?
7एउटा भयङ्कर दिन आउँदै छ, त्यस्तो दिनजस्तो अर्को हुनेछैन। याकूबको निम्ति त्यो एउटा सङ्कटको दिन हुनेछ तर तिनीहरू त्यसबाट बाँचेर आउनेछन्।”
8सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “जब त्यो दिन आउनेछ, तब म त्यो जुवा तिनीहरूका काँधबाट भाँचिदिनेछु र तिनीहरूका साङ्ला हटाइदिनेछु। तिनीहरू कहिल्यै फेरि विदेशीहरूका कमारा हुनेछैनन्। 9तर तिनीहरूले म परमप्रभु आफ्ना परमेश्वरको र दाऊद राजाको एक सन्तान, जसलाई म सिंहासनमा बसाल्नेछु, तिनको सेवा गर्नेछन्।
10 #
यर्मिया 46:27,28 “हे मेरा सेवक याकूब, नडरा। हे इस्राएलका बासिन्दाहरू हो, भय नमान। त्यो टाढाको देश, जहाँ तिमीहरू निकालाबास भएर गएका थियौ, त्यहाँबाट म तिमीहरूलाई छुटाएर ल्याउनेछु। तिमीहरू घर फर्कनेछौ र शान्तिमा बास गर्नेछौ। तिमीहरू सुरक्षित रहनेछौ र कसैले तिमीहरूलाई डर देखाउन सक्नेछैन।
11म आएर तिमीहरूलाई बचाउनेछु। जुन जातिहरूमा मैले तिमीहरूलाई तितर-बितर पारेको थिएँ, ती सबैलाई म नाश गर्नेछु तर म तिमीहरूलाई नाश पार्नेछैनँ।
“म तिमीहरूलाई दण्ड नदिई छोड्ने त होइनँ तर दण्ड दिंदा म ठीक न्यायले दण्ड दिनेछु।
म परमप्रभु बोलेको छु।”
12परमप्रभुले आफ्ना प्रजालाई भन्नुहुन्छ, “तिमीहरूका घाउ निको नहुने र तिमीहरूका चोट जाति नहुने खालका छन्।
13तिमीहरूलाई स्याहार्ने कोही छैन। तिमीहरूका घाउका निम्ति केही औषधी छैन। तिमीहरूलाई निको हुने आशा छैन।
14तिमीहरूका सबै प्रियहरूले तिमीहरूलाई बिर्सिसके, तिनीहरूले तिमीहरूको केही वास्ता गर्दैनन्। मैले तिमीहरूलाई शत्रुहरूलाई झैँ चोट दिएँ। तिमीहरूमाथि कठोर दण्ड परेको छ किनभने तिमीहरूका पापहरू धेरै छन् र तिमीहरूको दुष्टता अति ठूलो छ।
15तिमीहरूका चोटका निम्ति अब दु:ख नपोखाओ, त्यसबाट निको हुने उपाय छैन। मैले तिमीहरूलाई यस्तो दण्ड दिएँ किनभने तिमीहरूका पाप धेरै छन् र तिमीहरूको दुष्टता अति ठूलो छ।
16तर अब तिमीहरूलाई निल्नेहरू सबै आफैं निलिनेछन्, तिमीहरूका शत्रुहरू देशनिकाला गरी कैदमा लगिनेछन्। तिमीहरूलाई अत्याचार गर्नेहरू सबै आफैं अत्याचारमा पर्नेछन् र लुट्नेहरू सबै लुटिनेछन्।
17म तिमीहरूलाई फेरि निको गराउनेछु। तिमीहरूका घाउहरू निको पार्नेछु। यद्यपि तिमीहरूका शत्रुहरूले यसो भन्छन्, ‘सियोन परित्याग गरिएको छ, कसैले त्यसको वास्ता गर्दैन।’ म परमप्रभु बोलेको छु।”
18परमप्रभु भन्नुहुन्छ, “मेरा प्रजालाई म तिनीहरूको देशमा फर्काई ल्याउनेछु र प्रत्येक परिवारलाई दया गर्नेछु। यरूशलेम सहर फेरि बसालिनेछ र त्यहाँ फेरि राजमहल अघिझैँ खडा हुनेछ।
19त्यहाँका बासिन्दाहरूले प्रशंसाका गीत गाउनेछन् र आनन्द मनाउनेछन्। मेरो आशीर्वादले तिनीहरूको सङ्ख्या घट्नेछैन तर बढ्नेछ। म तिनीहरूलाई आदर दिनेछु र तिनीहरूको अनादर हुनेछैन।
20तिनीहरूका बालकहरू पहिले-पहिलेका जस्तै हुनेछन् र तिनीहरूको समुदाय मेरो सामुन्ने स्थापित हुनेछ।
तिनीहरूमाथि अत्याचार गर्नेहरूलाई म दण्ड दिनेछु।
21-22तिनीहरूका राजा आफ्नै जातिबाट आउनेछन् र मानिसहरूका बीचबाट राजकुमार आउनेछन्। मैले त्यसलाई बोलाउँदा त्यो मेरो नजिक आउनेछ किनभने मैले नबोलाएसम्म कसले मेरो छेउमा आउने साहस गर्न सक्छ र?
23-24“तिमीहरू मेरा प्रजा हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु बोलेको छु।” परमप्रभुको क्रोध एउटा आँधी हो, त्यो एउटा तुफान हो, जो दुष्टहरूको टाउकोमाथि बज्रन्छ। उहाँका सबै इच्छाहरू पूरा नभएसम्म त्यो शान्त हुनेछैन। आउँदा दिनमा तिमीहरू यो कुरा राम्ररी बुझ्नेछौ।
Currently Selected:
यर्मिया 30: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: