यशैया पुस्तक परिचय
पुस्तक परिचय
येशू ख्रीष्टको जन्मअघि आठौँ शताब्दीको पछिल्लो पचास वर्षभित्रका समयमा यरूशलेममा बास गर्ने एक जना महान् अगमवक्ताको नाममा यस पुस्तकको नाम राखिएको छ। यस पुस्तकलाई तीन भागमा बाँड्न सकिन्छ।
१) १ देखि ३९ अध्यायसम्म: यस भागमा त्यस समयको बयान छ, जब दक्षिणको राज्य यहूदालाई छेउका छिमेकी राज्य अश्शूरबाट खतरा भएको थियो। यशैयाले देखे कि यहूदाबासीहरूलाई प्राणको भय अश्शूर राज्यका शक्तिबाट मात्र होइन तर तिनीहरूको आफ्नै जातीय पाप र परमेश्वरप्रतिको अनाज्ञाकारिता र अविश्वासबाट पनि थियो। आफ्ना वचन र कर्मबाट ती अगमवक्ताले यहूदाबासी र तिनका नेताहरूलाई स्पष्ट गरी र धर्मी र न्यायपूर्ण जीवन बिताउन बोलावट दिए अनि परमेश्वरका आज्ञा पालन नगर्नाले तिनीहरू ध्वंस-विध्वंस हुनेछन् भनी चेतावनी दिए। साथै तिनले दाऊदका एउटा सन्तान जन्मेर महान् र असल राजा बनी तिनीहरूलाई शासन गर्नेछन्। यस संसारमा शान्ति स्थापना हुनेछ भनी भविष्यवाणी पनि गरे।
२) ४० देखि ५५ अध्यायसम्म: यस भागमा त्यस समयमा गरिएको वर्णन छ, जब यहूदाका धेरै बासिन्दाहरू कैद गरी बेबिलोन देशमा लगिएका थिए र त्यहाँ बिनाआशा दबाबमा परी बास गर्दथे। ती अगमवक्ताले घोषणा गरे कि परमेश्वरले आफ्ना प्रजालाई छुटकारा दिन र तिनीहरूका देश यरूशलेममा फर्काई लैजान लाग्नुभएको छ। त्यहाँ तिनीहरूले नयाँ जीवन सुरु गर्नेछन्। यस भागको एउटा याद गर्नुपर्ने एउटा विशेष कुरा परमेश्वर मानव इतिहासका परमप्रभु हुनुहुन्छ भनी आफ्ना प्रजाको निम्ति उहाँले बनाएका परिकल्पनाहरूमा एउटा यो पनि छ कि तिनीहरूले अरू जातिहरूका बीचमा पनि एउटा विशेष उद्देश्यको काम गर्नेछन् र ती जातिहरूले इस्राएलीद्वारा आशिष् पाउनेछन् भन्ने हो। परमप्रभुका सेवकबारे यस भागमा लेखिएका अंशहरू पुराना नियमका खुबै प्रचलित अंशहरू हुन्।
३) ५६ देखि ६६ अध्यायसम्म: यस भागमा धेरैजसो कुरा यरूशलेममा कैदबाट फर्किआएका मानिसहरूलाई भनिएका छन्। ती मानिसहरूलाई परमेश्वरले तिनीहरूलाई दिनुभएका करारहरू उहाँले पूरा गर्नुहुनेछ भन्ने भरोसा चाहिएको थियो। यस भागमा विशेष गरी धार्मिकता, न्याय साथै विश्वासको दिन पालन, बलिदान र प्रार्थनाका सम्बन्धमा लेखिएको छ। यसमा याद राख्नुपर्ने विशेष पद ६१:१-२ हो– यी पदका शब्दहरू नै येशूले आफ्नो सेवाको काम सुरु गर्नुअघि आफ्नो बोलावटको प्रकट गर्दै प्रयोग गर्नुभएको थियो।
संक्षिप्त विषय-सूची
चेतावनी र करारहरू १:१—१२:६
राज्यहरूमाथि आउने दण्ड १३:१—२३:१८
संसारमाथि परमेश्वरको न्याय-विचार २४:१—२७:१३
अरू चेतावनी र करारहरू २८:१—३५:१०
यहूदाका राजा हिजकिया र अश्शूरीहरू ३६:१—३९:८
करार र आशाका संवाद ४०:१—५५:१३
फेरि चेतावनी र करारहरू ५६:१—६६:२४
Currently Selected:
यशैया पुस्तक परिचय: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: