यशैया 62
62
1म यरूशलेमलाई उत्साह दिन बोल्नेछु। त्यसको उद्धार नभएसम्म म चुप लागेर बस्नेछैनँ अनि त्यसको न्याय रातको राँकोझैँ चम्कन्छ।
2ए यरूशलेम, जाति-जातिले तेरो न्याय देख्नेछन्! तिनीहरू सबैका राजाले तेरो महिमा देख्नेछन्। तँलाई एउटा नयाँ नाम दिइनेछ, त्यो नाम परमप्रभु आफैंले तँलाई दिनुहुनेछ।
3परमप्रभुको निम्ति तँ एउटा सुन्दर मुकुटझैँ हुनेछस्।
4अब तँलाई “त्यागिएकी” भनिनेछैनन् अथवा तेरो देश ‘छोडिएकी स्वास्नी’ कहलाउनेछैन। तेरो नयाँ नाम ‘परमेश्वर त्योसित खुसी हुनुहुन्छ,’ र तेरो देश ‘खुसीसाथ विवाह गरिएकी’ कहलाइनेछ किनभने परमप्रभु तँसित प्रसन्न हुनुहुन्छ र तेरो देशको निम्ति स्वामी बराबर हुनुहुनेछ।
5एक जवान पुरुषले कन्ये-केटीलाई आफ्नी दुलही बनाएझैँ, जसले तँलाई बनाउनुभयो, उहाँले नै तँलाई विवाह गर्नुहुनेछ। जसरी दुलहा आफ्नी दुलहीको निम्ति रमाहट गर्छन्, त्यसरी नै तेरा परमेश्वर तँमाथि रमाहट गर्नुहुनेछ।
6ए यरूशलेम, तेरा पर्खालहरूमा मैले पहरादारहरू खटाएको छु, रात-दिन तिनीहरू चुपचाप बस्न पाउनेछैनन्। तिनीहरूले परमप्रभुलाई उहाँको प्रतिज्ञाको याद दिलाउनेछ, उहाँलाई कहिल्यै ती बिर्सन दिनुहुनेछैन।
7यरूशलेम फेरि उद्धार नभएसम्म र त्यसलाई सारा संसारले प्रशंसा गर्न लायकको एउटा सहर नबनाउनुभएसम्म तिनीहरूले उहाँलाई विश्राम दिनेछैनन्।
8परमप्रभुले एउटा गम्भीर प्रतिज्ञा गर्नुभएको छ र आफ्नो शक्तिले त्यो पूरा गर्नुहुनेछ, “तेरा अन्न अब उसो म तेरा शत्रुलाई दिनेछैनँ र विदेशीहरूले तेरा दाखमद्य पिउन पाउनेछैनन्।
9तर तिमीहरू ज-जसले बिउ छरे र कटनी गरे, तिमीहरूले आफ्नो भोजन खानेछौ र परमप्रभुको प्रशंसा गर्नेछौ। तिमीहरू ज-जसले दाखबारीको हेरचाह गर्यौ र दाख बटुल्यौ, मेरा मन्दिरका आँगनमा दाखमद्य पिउनेछौ।”
10हे यरूशलेमका मानिसहरू हो, सहरबाट निस्केर जाओ र तिमीहरूका फर्किआउने सन्तानको निम्ति एउटा बाटो बनाओ! एउटा राज-मार्ग तयार गर, त्यहाँबाट ढुङ्गाहरू हटाओ! एउटा चिन्ह खडा गर र जाति-जातिका मानिसहरूले त्यसलाई देखून्।
11 #
यशैया 40:10; प्रकाश 22:12 परमप्रभुले सारा पृथ्वीलाई यसो भन्दै हुनुहुन्छ, “यरूशलेमका मानिसहरूलाई भन कि परमप्रभु तिमीहरूलाई बचाउनलाई आउँदै हुनुहुन्छ।” उहाँले छुटाउनुभएका मानिसहरूलाई आफ्नो साथमा लिएर आउँदै हुनुहुन्छ।
12तिमीहरू “परमेश्वरका पवित्र जन” र “परमप्रभुले बचाउनुभएको जाति” कहलाउनेछौ। यरूशलेम “परमेश्वरले प्रेम गर्नुभएको सहर” र “परमेश्वरले नत्याग्नुभएको सहर” कहलाइनेछ।
Currently Selected:
यशैया 62: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.