YouVersion Logo
Search Icon

यशैया 56

56
सबै जातिहरू परमप्रभुका प्रजा हुनेछन्‌
1परमप्रभुले आफ्‍ना प्रजालाई भन्‍नुहुन्‍छ, “जे कुरा ठीक र न्‍याय-सङ्गत छन्, ती गर किनभने म चाँडै तिमीहरूको उद्धार गर्नेछु। 2सधैँ विश्रामको दिन मान्‍ने र बिटुलो नपार्नेलाई म आशीर्वाद दिनेछु। खराबीबाट अलग रहनेहरूलाई म आशीर्वाद दिनेछु।”
3परमप्रभुका प्रजासित मिल्‍न आएको विदेशीले यसो भन्‍नुहुँदैन, “परमप्रभुले मलाई आफ्‍ना प्रजादेखि छुटाउनुहुनेछ।” नपुंसकले मैले बच्‍चा जन्‍माउन सक्‍दिनँ नभनोस्। 4त्‍यस्‍तो मानिसलाई परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तैँले विश्रामको दिन मानेर मेरो आदर गरिस्, मैले मन पराएका काम गरिस् र मेरो करारमा विश्‍वासयोग्‍य रहिस् भने 5मेरो मन्‍दिरमा र मेरा प्रजाहरूका बीचमा तेरो नामको सम्‍झना गरिनेछ। त्‍यो सम्‍झना तेरा छोरा-छोरी भएका भन्दा पनि धेरै दिनसम्‍म रहनेछ। तेरो नाम कहिल्‍यै मेटिनेछैन।”
6उहाँका प्रजासित मिली सहभागी हुने विदेशीहरू, जसले उहाँलाई प्रेम गर्छन्, उहाँको सेवा गर्छन्, विश्रामको दिन मान्‍छन् र उहाँको करार विश्‍वासयोग्‍यतासाथ पालन गर्छन्, तिनीहरूलाई परमप्रभु भन्‍नुहुन्‍छ, 7#मत्ती 21:13; मर्कूस 11:17; लूका 19:46“मेरो पवित्र डाँडा सियोनमा म तिमीहरूलाई ल्‍याउनेछु र मेरो प्रार्थनाको भवनमा तिमीहरूलाई हर्षित तुल्‍याउनेछु र मेरो वेदीमा तिमीहरूले चढाएका बलिहरू ग्रहण गर्नेछु। मेरो मन्‍दिर सबै जातिहरूको निम्‍ति प्रार्थनाको भवन कहलाइनेछ।”
8आफ्‍ना प्रजा इस्राएललाई विदेशका कैदबाट घर फर्काई ल्‍याउनुहुने सार्वभौम परमप्रभुले भन्‍नुभएको छ कि म अरू जातिहरूलाई पनि तिनीहरूसित जम्‍मा हुन ल्‍याउनेछु।
इस्राएलका अगुवाहरूमाथि दण्‍ड
9परमप्रभुले विदेशी जातिहरूलाई जङ्गली जनावरझैँ आएर उहाँका प्रजालाई नाश पार्न आदेश दिनुभएको छ। 10उहाँ भन्‍नुहुन्‍छ, “इस्राएलका अगुवाहरू आफैं अन्‍धा भएका छन्! तिनीहरू केही जान्‍दैनन्। तिनीहरू नभुक्‍ने कुकुरहरूझैँ भएका छन्, तिनीहरू खालि यताउता सुतेर सपना देखिरहन्‍छन्। तिनीहरू सुत्‍न अति मन पराउँछन्। 11तिनीहरू कहिल्‍यै नअघाउने लोभी कुकुरहरूझैँ छन्। यी गोठालाहरूको केही समझ-शक्ति छैन। जे खुसी लाग्‍छ, त्‍यही तिनीहरू प्रत्‍येकले गर्छन् र आफ्‍नै सुविधा मात्र खोज्‍छन्। 12यी मताहाहरू भन्‍छन्, ‘दाखमद्य लिऔं’ र ‘सकेसम्‍म पिऔं। भोलिको दिन आजभन्दा अझ राम्रो हुनेछ’!”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in