यशैया 46
46
1“बेबिलोनका देवताहरूको अन्त यही हो!
एक समयमा बेल र नेबो देवताको पूजा गरिन्थ्यो,
तर अहिले ती गधाहरूमाथि लादिएका छन्,
थाकेका पशुहरूका पिठ्युँमा ती बोझ बनेका छन्।
2मूर्तिहरूले आफैंलाई बचाउन सक्दैनन्,
ती कब्जा गरिएर लगिंदै छन्।
बेबिलोनका देवी-देवताहरूको अन्त यही हो!
3“हे याकूबका सन्तानहरू हो, मेरो कुरा सुन।
मेरा प्रजाबाट बाँकी रहेका सबैले सुन।
तिमीहरू जन्मेको घडीदेखि मैले तिमीहरूको हेरचाह गरेको छु।
4म तिमीहरूका परमेश्वर हुँ, तिमीहरू बुढो भएर केश पाक्दा पनि म तिमीहरूको हेरचाह गर्नेछु।
मैले तिमीहरूलाई बनाएँ र तिमीहरूको हेरचाह गर्नेछु,
म तिमीहरूलाई मद्दत गर्नेछु र छुटकारा दिनेछु।
5“तिमीहरू मलाई कोसँग तुलना गर्नेछौ?”
परमप्रभु सोध्नुहुन्छ, “के मजस्तो अरू कोही छ?
6मानिसहरूले आफ्ना थैलाहरू खोल्छन् र सुन निकाल्छन्, तराजुमा चाँदी जोख्छन्।
सुनारलाई ज्याला दिएर देवताको मूर्ति बनाउन लगाउँछन्
र घोप्टेर त्यसलाई पुज्छन्!
7तिनीहरूले त्यसलाई काँधमा लिएर बोक्छन्,
त्यसका ठाउँमा राख्छन् र त्यो त्यहाँ खडा रहन्छ।
त्यहाँबाट त्यो यताउता सर्न सक्दैन।
कसैले त्यसलाई प्रार्थना गर्यो भने त्यसले उत्तर दिन सक्दैन
वा कुनै आपत्-विपत्तिबाट जोगाउन सक्दैन।
8“हे पापीहरू हो, याद राख।
मैले के गरें, सो विचार गर।
9धेरै अघि नै के भएको थियो, त्यो याद गर।
म मात्र परमेश्वर हुँ र अरू कोही मजस्तो छैन भनी स्वीकार गर।
10सुरुदेखि नै अन्तिम नतिजा के हुने हो, मैले अघिबाटै भनिसकेको छु,
मैले भनेको थिएँ कि मेरा युक्तिहरू सफल हुनेछन्
र आफ्नो इच्छाअनुसार म सबै कुरा गर्नेछु।
11मैले एउटा मानिसलाई पूर्वबाट बोलाएको छु,
बाजझैँ झम्टेर आउनेछ र मेरो युक्ति पूरा गरिदिँदछ।
म बोलेको छु र यो हुन्छ नै।
12“ए ढिट मानिसहरू हो, मेरो कुरा सुन।
उद्धार टाढै छ भनी तिमीहरू ठान्छौ।
13म उद्धारको दिन नजिक ल्याउँदै छु,
त्यो टाढा छँदैछैन।
मेरो उद्धार ढीलो हुनेछैन,
म यरूशलेमलाई बचाउनेछु र इस्राएललाई आदर दिनेछु।”
Currently Selected:
यशैया 46: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.