यशैया 42
42
परमप्रभुको सेवक
1 #
मत्ती 3:17; 17:5; मर्कूस 1:11; लूका 3:22; 9:35 #
मत्ती 12:18-21
परमप्रभु भन्नुहुन्छ,
“यो मेरो सेवक हो,
जसलाई म बल दिँदछु,
जसलाई मैले छानेको छु, जोसित म खुसी छु।
मैले त्यसलाई मेरो आत्माले भरेको छु
र त्यसले प्रत्येक जातिमा न्याय ल्याउनेछ।
2त्यो चिच्च्याउनेछैन वा सोर उचाल्नेछैन,
बाटो-बाटोमा जोडले बोली सुनाउनेछैन।
3त्यसले नुहेको निगालोलाई भाँच्नेछैन,
निभ्न लागेको दियोलाई निभाउनेछैन,
त्यसले सबैसित अटल न्याय गरिदिनेछ।
4त्यसले आफ्नो आशा र साहस हराउनेछैन,
त्यसले पृथ्वीमा न्याय स्थिर गर्नेछ,
टाढा-टाढाका देशहरूले उत्सुक भई त्यसका व्यवस्थामा आशा राख्नेछन्।”
5 #
प्रेरित 17:24,25 परमेश्वरले आकाश बनाएर टाँग्नुभयो।
उहाँले पृथ्वी र त्यसका सारा प्राणी सृजना गर्नुभयो।
पृथ्वीका सबै मानिसहरूमा सास र जीवन हालिदिनुभयो।
अब परमप्रभु परमेश्वर आफ्नो सेवकलाई भन्नुहुन्छ,
6 #
यशैया 49:6; लूका 2:32; प्रेरित 13:47; 26:23 “पृथ्वीमा न्याय होस् भनी म, परमप्रभुले मेरो धार्मिकताअनुसार तँलाई बोलाएको छु र तँलाई सम्हाल्नेछु।
तँद्वारा म जाति-जातिसित एउटा करार बाँध्नेछु,
तँद्वारा म जाति-जातिमा ज्योति दिनेछु।
7तैँले अन्धाका आँखा खोलिदिनेछस्,
अँध्यारो झ्यालखानमा बसेकाहरूलाई त्यहाँबाट छुटाउनेछस्।
8“म मात्र तेरा परमप्रभु परमेश्वर हुँ,
म आफ्नो महिमा अरू कुनै देवी-देवतालाई दिनेछैनँ।
म आफ्नो प्रशंसा कुनै मूर्तिलाई दिनेछैनँ।
9मैले उहिले भनेका कुराहरू अहिले पूरा भए।
अब म तिमीहरूलाई नयाँ कुराहरू ती हुनुभन्दा अघि नै भन्नेछु।”
प्रशंसाको भजन
10परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ,
सारा संसारले उहाँको प्रशंसा गाओ!
समुद्रमा यात्रा गर्नेहरूले उहाँको प्रशंसा गर!
समुद्रका जन्तुहरूले उहाँको प्रशंसा गर!
टाढा-टाढाका देशहरू र त्यहाँका बासिन्दाहरूले भजन गाओ!
11मरुभूमि र त्यहाँका सहरहरूले परमेश्वरको प्रशंसा गरून्,
केदारका मानिसहरूले उहाँको प्रशंसा गरून्!
सेला सहरका बासिन्दाहरू पर्वतका टाकुरा-टाकुराबाट आनन्दले चिच्च्याऊन्!
12टाढा-टाढाका देशमा बास गर्नेहरूले परमेश्वरलाई प्रशंसा र महिमा देऊन्!
13परमप्रभु लडाकुझैँ लडाइँ गर्न जानुहुन्छ,
उहाँ लड्नलाई तयार र उत्सुक हुनुहुन्छ।
उहाँ ठूलो सोरले कराउनुहुन्छ, लडाइँको गर्जन गर्नुहुन्छ,
आफ्ना शत्रुहरूका विरुद्धमा आफ्नो शक्ति देखाउनुहुन्छ।
आफ्ना प्रजालाई मद्दत गर्ने प्रतिज्ञा
14परमेश्वर भन्नुहुन्छ,
“लामो समयदेखि म चुप रहें।
मैले आफैंलाई रोकेर राखेको थिएँ,
तर अब काम गर्ने समय आयो,
बेथा लागेकी स्त्रीझैँ म कराउँदछु।
15म डाँडाहरू र पर्वतहरू नाश पार्नेछु,
घाँस र रूख-पात सुकाइदिनेछु।
म नदीहरूलाई टापुहरूमा बदल्नेछु
र पोखरीहरूको पानी सुकाइदिनेछु।
16“मेरा अन्धा प्रजालाई तिनीहरू कहिल्यै नहिँडेका बाटोबाट डोर्याउनेछु,
तिनीहरूको अन्धकार उज्यालोमा बदल्नेछु
र तिनका अघि भएको खाल्टा-खुल्टी ठाउँलाई समतल पारिदिनेछु।
यी मेरा प्रतिज्ञाहरू हुन् र म आफ्ना प्रतिज्ञाहरू पूरा गरिछोड्नेछु।
17ज-जसले मूर्तिहरूमा भरोसा गर्छन्, ती मूर्तिहरूलाई आफ्ना परमेश्वर मान्छन्,
तिनीहरू लाजमापर्नेछन् र बदनाम हुनेछन्।”
इस्राएलले सिक्न सक्दैन
18परमप्रभु भन्नुहुन्छ,
“ए बहिराहरू हो, सुन, कान थाप!
ए अन्धाहरू हो, राम्ररी हेर!
19मेरो सेवकबाहेक अन्धो अरू को छ र?
मैले पठाएको खबर लाने मानिसजस्तो बढ्ता बहिरो को छ र?
मेरो सेवा गर्नेजस्तो बढ्ता अन्धो को होला?
परमप्रभुको सेवकजस्तो अन्धो को होला र?
20हे इस्राएल, तैँले यति धेरै देखेको छस्?
तर त्यसबाट तैँले के बुझिस् र?
तेरा सुन्ने कान छन्,
तर केचाहिँ तैँले साँच्चै सुनिस् त?”
21आफ्नो धार्मिकताको खातिर आफ्नो व्यवस्था र शिक्षालाई गौरवशाली बनाउन
परमप्रभुलाई खुसी लाग्यो।
22तर अब उहाँका प्रजा लुटिएका छन्,
तिनीहरू कैदी भएर कालकोठरीमा थुनिएका छन्
र झ्यालखानमा हालिएका छन्।
तिनीहरू लुटिएका छन्
र तिनीहरूको छुटकाराको निम्ति आउने कोही छैन।
23के तिमीहरू कसैले यो कुरा सुन्छौ?
के अब उसो ध्यान दिएर कुरा सुन्ने?
24कसले इस्राएललाई लुटाहाहरूका हातमा पारिदियो?
उहाँ तिनै परमप्रभु हुनुहुन्थ्यो, जसको विरुद्धमा हामीले पाप गरेका थियौं।
उहाँको इच्छाअनुसार हामी आफ्ना जीवन बिताउन चाहँदैनथ्यौं।
उहाँले दिनुभएको शिक्षा पालन गर्दैनथ्यौं।
25यसैकारण उहाँले हामीमाथि आफ्नो रिस पोखाउनुभयो
र लडाइँको हिँसाको कष्ट-भोग गराउनुभयो।
आगोझैँ उहाँको क्रोध सारा इस्राएलमा दन्केको थियो।
तर के हुँदै छ, त्यो हामीले कहिल्यै बुझेनौं,
त्यसबाट हामीले केही शिक्षा लिएनौं।
Currently Selected:
यशैया 42: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.