यशैया 40:6-7
यशैया 40:6-7 सरल नेपाली
एउटा सोर सुनिन्छ, “एउटा खबर जोडले सुनाऊ!” “कस्तो खबर सुनाऊँ?” म सोध्दछु। “सबै मानिसहरू घाँसजस्ता छन्, तिनीहरूको आयु जङ्गलको फूलजस्तै छ भनी सुनाऊ। घाँस सुकिजान्छ, फूल झरिहाल्छ किनकि परमप्रभुले तीमाथि बतास बहाउनुहुन्छ, साँच्चै मानिसहरू घाँसजस्ता छन्।





