यशैया 27
27
1 #
अय्यूब 41:1; भजनसंग्रह 74:14; 104:26 त्यस दिन घस्रेर हिँड्ने बटारिने अजिङ्गरजस्तै जलराक्षस लिव्यातनलाई दण्ड दिन परमप्रभुले आफ्नो शक्तिशाली र प्राणघातक तरवार चलाउनुहुनेछ र त्यो समुद्रमा बस्ने राक्षसलाई मार्नुहुनेछ।
2त्यो दिन परमप्रभुले आफ्नो सुन्दर फलदायी दाखबारीलाई यसो भन्नुहुनेछ, 3“म त्यसको निरन्तर रेख-देख गर्दछु र पानी लाउँछु। कसैले केही खति गर्न नपाओस् भनी म रात-दिन पहरा दिँदछु। 4म मेरो दाखबारीसित अब रिसाएको छैनँ। बारीमा काँढा र सिउँडीहरू हुँदाहुन् त म ती पूरै आगोमा डढाइदिनेथिएँ। 5तर मेरा प्रजाका शत्रुहरूले मेरो सुरक्षा चाहन्छन् भने तिनीहरूले मसित मेल-मिलाप गरून्, हो, तिनीहरूले मसित मिलाप गरून्।”
6आउँदा दिनहरूमा याकूबका सन्तान इस्राएलका मानिसहरूले जरा गाड्नेछन् र तिनीहरूका कोपिला लाग्नेछन् र फर्कनेछन्। तिनीहरूले उत्पन्न गरेका फलले पृथ्वी भरिनेछ।
7परमप्रभुले इस्राएललाई त्यसका शत्रुहरूलाई झैँ कठोर दण्ड दिनुभएको छैन न त त्यसका त्यत्ति धेरै मानिस नै मारिएका छन्। 8परमप्रभुले आफ्ना प्रजालाई सजायँ दिना विदेशमा कैदी बनाई पठाउनुभयो। पूर्वका निष्ठुर बतासले उहाँले तिनीहरूलाई उडाइदिनुभयो। 9तर इस्राएलका पाप त्यो दिन मात्र क्षमा गरिनेछ, जुन दिन मूर्तिपूजा गर्ने ढुङ्गाका वेदीहरू खरी-ढुङ्गाझैँ धुलोपिठो पारिनेछन् र अरू कुनै धूप-वेदी वा अशेरा देवीको मूर्ति रहनेछैन।
10गढी बनाएर सुरक्षित गरिएको सहर ध्वंस भएको छ। उजाड-स्थानजस्तै त्यो त्यागिएको छ। त्यो गाई-गोरुको चरन बनेको छ। त्यहाँ गाई-गोरु चर्छन् र विश्राम गर्छन्। 11रूखका हाँगाहरू ओइलिएका र भाँचिएका छन्। तिनलाई स्त्रीहरूले आगो बाल्नलाई बटुल्छन्। मानिसहरूले केही बुझेका छैनन्, यसकारण परमेश्वर तिनीहरूका सृष्टिकर्ताले तिनीहरूलाई दया देखाउनुहुनेछैन वा टिठ्याउनुहुनेछैन।
12त्यस दिन यूफ्रेटिस नदीदेखि मिश्रको सिमानासम्म परमप्रभुले एक-एक गरी आफ्ना प्रजालाई बटुल्नुहुनेछ। कसैले भुसबाट गहुँ छुट्ट्याएझैँ परमप्रभुले आफ्ना प्रजालाई छुट्ट्याउनुहुनेछ।
13त्यो दिन आएपछि मिश्री र अश्शूर देशमा कैदमा परिरहेका सबै इस्राएलीहरूलाई फर्काई ल्याउने एउटा तुरही बज्नेछ। तिनीहरू फर्किआउनेछन् र परमप्रभुलाई यरूशलेमको पवित्र डाँडामा पुज्नेछन्।
Currently Selected:
यशैया 27: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: