यशैया 19
19
मिश्रमाथि परमेश्वरको दण्ड
1 #
यर्मिया 46:2-26; इजकिएल 29:1—32:32 मिश्रदेशबारे अगमवाणी यस्तो छ: परमप्रभु बादलमा सवार भई वेगसित मिश्रमा आउँदै हुनुहुन्छ। उहाँको अघि मिश्रका मूर्तिहरू काम्छन् र मानिसहरूको मुटुले ठाउँ छोड्नेछ। 2परमप्रभु भन्नुहुन्छ, “म मिश्रीहरूका बीचमा आपसमा लडाइँ गराउनेछु। दाजु भाइको विरुद्धमा, भाइ दाजुको विरुद्धमा खडा हुनेछ। छिमेकी-छिमेकीका बीचमा लडाइँ हुनेछन्। सहर-सहर आपसमा लड्नेछन्, राज्य-राज्यको विरुद्धमा लडाइँ हुनेछ। 3म मिश्रीहरूको युक्ति भङ्ग गर्नेछु र तिनीहरूका साहस हराउनेछ। तिनीहरूले आफ्ना देवदेवताका मूर्तिहरूलाई र प्रेत खेलाउनेको र मन्त्रतन्त्र गर्नेहरूको सल्लाह लिनेछन्। 4म मिश्रीहरूलाई एउटा अत्याचारी र निष्ठुरी राजाका हातमा दिनेछु र त्यसले तिनीहरूमाथि राज्य गर्नेछन्। म, सर्वशक्तिमान् परमप्रभु बोलेको छु।”
5नील नदीको पानी घटेर जानेछ र त्यो बिस्तारै सुख्खा हुनेछ। 6त्यसरी पानी सुक्दैजाँदा नहरहरू गन्हाउनेछन्। मिश्रका खोलाहरू सुक्नेछन्। निगालो र काँस ओइलिनेछ। 7नील नदीको मुखको घाँस-पात र त्यसको किनारमा रोपेको अन्नबाली सुकेर जानेछ र बतासले उडाएर लैजानेछ। 8नदीमा माछा पक्रेर पेट पाल्ने मेलो गर्नेहरू रुँदै विलाप गर्नेछन्, तिनीहरूका जाल र बल्छीहरू बेकामका हुनेछन्। 9सुतीका कपडा बनाउनेहरू हताश हुनेछन् 10र जुलाहा र ज्यालामा काम गर्नेहरूको मन मर्नेछ र तिनीहरू उदास हुनेछन्।
11सोअन सहरका हाकिमहरू मूर्ख छन्! मिश्रदेशका सबैभन्दा बुद्धिमान् मानिसहरूले मूर्ख सल्लाह दिन्छन्! पुराना समयका राजाहरू र विद्वानहरूकै स्थानमा अब हामी आएका छौं भनी कसरी तिनीहरूले आफ्ना राजालाई भन्न साहस गर्न सक्छन्? 12हे मिश्रका राजा! तिम्रा बुद्धिमान् सल्लाहकारहरू कहाँ छन्? सर्वशक्तिमान्को मिश्रबारे के अभिप्राय छ, तिनीहरूले तिमीलाई बताउन सक्छन् कि? 13सोअन र नोपका अगुवाहरू मूर्ख छन्। तिनीहरूले आफ्ना जातिको अगुवाइ गर्नुपर्नेमा उल्टा तिनीहरूलाई गलत बाटोमा डोर्याएका छन्। 14परमप्रभुले तिनीहरूलाई भ्रमको आत्मा दिनुभएको छ। त्यसकारण मिश्रले भुलै मात्र गर्दछ र मतवाला आफ्नै बान्तामा चिप्लेझैँ त्यो लरबर गर्दछ। 15मिश्रदेशका धनी वा गरीब, ठूला वा साना कसैले केही सहायता गर्न सक्दैन।
मिश्रले परमप्रभुलाई पुज्दछ
16त्यो दिन आउँदछ, जब मिश्रका मानिसहरू आइमाईजस्तै काँतर हुनेछन्। सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई दण्ड दिन आफ्नो हात उचाल्नुभएको देखेर मिश्रबासीहरू डरले काम्नेछन्। 17सर्वशक्तिमान् परमप्रभुले कस्तो दशा तिनीहरूको लागि तयार पार्नुभएको छ, सो सम्झेर तिनीहरू सबै जना यहूदासित डराउनेछन्।
18त्यो समय आउँदा मिश्रका पाँच वटा सहरहरूमा हिब्रू भाषा बोलिनेछ। त्यहाँका मानिसहरूले सर्वशक्तिमान् परमप्रभुको नाउँमा शपथ खानेछन्। तीमध्ये एउटा सहरको नाम ‘सूर्यको नगर’ हुनेछ।
19त्यो समय आउँदा मिश्रदेशमा परमप्रभुको निम्ति एउटा वेदी बन्नेछ र त्यसका सिमानामा उहाँको नाममा अर्पण गरिएको एउटा ढुङ्गाको खामो राखिनेछ। 20ती कुराले सर्वशक्तिमान् परमप्रभु मिश्रमा हुनुहुन्छ भन्ने कुरा बुझाउँछ। जब त्यहाँका मानिसहरूमाथि अत्याचार हुँदछ र तिनीहरूले मद्दतको लागि परमप्रभुलाई पुर्कादछन्, उहाँले तिनीहरूका लागि एउटा मुक्तिदाता पठाउनुहुनेछ। 21परमप्रभु आफैं मिश्रबासीहरू माझ प्रकट हुनुहुनेछ, तब तिनीहरूले उहाँलाई ग्रहण गरी पुज्नेछन् र उहाँलाई बलिदान र भेटीहरू चढाउनेछन्। तिनीहरूले उहाँसित गम्भीर प्रतिज्ञाहरू गर्नेछन् र ती पूरा गर्नेछन्। 22परमप्रभुले मिश्रीहरूलाई दण्ड दिनुहुनेछ तर उहाँले तिनीहरूलाई निको पार्नुहुनेछ।
23त्यो समय आएपछि मिश्र र अश्शूरका बीच एउटा राजमार्ग हुनेछ। ती दुई देशका मानिसहरू आपसमा आउ-जाउ गर्नेछन् र दुई जातिले एकसाथ पूजा गर्नेछन्। 24त्यो समय आएपछि इस्राएलचाहिँ मिश्र र अश्शूरको दाँजोमा आउनेछ र ती तीन राष्ट्रहरू सारा संसारको निम्ति आशिष्को कारण बन्नेछन्। 25सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र यसो भन्नुहुनेछ, “मिश्र मेरो प्रजा, अश्शूर मेरो सृष्टि र इस्राएल मेरो चुनिएको प्रजा, म तिमीहरूलाई आशीर्वाद दिनेछु।”
Currently Selected:
यशैया 19: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: