यशैया 18
18
कूशलाई परमेश्वरको दण्ड
1 #
सपन्याह 2:12
कूशका नदीहरूपारि एउटा देश छ, जहाँ पखेटा चालेको सोर सुनिन्छ। 2त्यस देशबाट मालिङ्गोले बनेका नाउँमा राजदूतहरू नील नदीको मार्ग भएर आउँछन्। हे फूर्तिला समाचारवाहक हो, फर्केर जाओ! नदीले भाग-भाग गरी छुट्ट्याएको तिम्रो देश जहाँ सारा संसारले डर मानेको बलियो र पराक्रमी जाति, अग्ला र चिल्ला शरीर भएका मानिसहरू बस्छन्, तिनीहरूलाई एउटा समाचार लगेर जाओ।
3हे पृथ्वीका बासिन्दाहरू हो! सुन, पर्वतका टुप्पामा एउटा चिन्हको झन्डालाई हेर! तुरही फुकेको सोर सुन! 4परमप्रभुले मलाई भन्नुभयो, “कटनीको समयको न्यानो रातमा चुपचाप शीत झरेझैँ र दिउँसोको गर्मीमा झल्लमल्ल घाम लागेझैँ म स्वर्गबाट तल हेर्नेछु। 5दाख टिप्नुअघि फूल झरेर दाख पाक्न लागेको बेला हुरीले दाखका हाँगा सजिलै काटेझैँ शत्रुले कूशीहरूलाई नाश पार्नेछन्। 6तिनीहरूका लाश चरा र जङ्गली जनावरहरूको अगाडि खुल्ला छाडिनेछन्। गर्मीका दिन चराहरूले ती लाश खानेछन् र ठन्डाका दिनमा पशुहरूले खानेछन्।”
7त्यो समय आउँदै छ, जब सर्वशक्तिमान् परमप्रभुले नदीले भाग-भाग पारेको यो देश यो बलियो र पराक्रमी राष्ट्र, यी अग्ला र चिल्ला शरीर भएका मानिसहरू, जसको डर सारा संसारले मान्दछ, ती जातिहरूबाट भेटी लिनुहुनेछ। तिनीहरू सर्वशक्तिमान् परमप्रभुको आराधना गरिने सियोन पर्वतमा आउनेछन्।
Currently Selected:
यशैया 18: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.