यशैया 17
17
अराम र इस्राएललाई परमेश्वरको दण्ड
1 #
यर्मिया 49:23-27; आमोस 1:3-5; जकरिया 9:1 परमप्रभुले भन्नुभयो, “अब दमस्कस सहर रहनेछैन। त्यो भत्केर थुप्रोको रास मात्र रहनेछ। 2अरामका सहरहरू सदाका निम्ति उजाड हुनेछन्। ती खालि भेडा-बाख्राको एउटा चरन हुनेछ र त्यहाँ कसैले भेडा-बाख्रा धपाउनेछैन। 3इस्राएलका बचाउको केही उपाय हुनेछैन। दमस्कसको स्वतन्त्रता खोसिनेछ। बाँचेका अरामीहरूको इस्राएलीहरूजस्तै बदनाम हुनेछ। म, सर्वशक्तिमान् परमप्रभु भन्दछु।”
4परमप्रभुले भन्नुभयो, “त्यो दिन आउँदै छ, जब इस्राएलको महान्ता हराउने र त्यसको धनको सट्टामा गरीबी आउनेछ। 5अन्न काटेर बटुलिसकेपछि खेतजस्तै हुन्छ, त्यस्तै इस्राएल हुनेछ, रपाईका बेँसीबाट सबै सिलाबाला टिपिसकेपछि त्यो जस्तो उजाड हुन्छ, त्यस्तै इस्राएल उजाड हुनेछ। 6इस्राएल टुप्पोमा मात्र वा तल्लो हाँगामा मात्र दुई-तीन वटा फल छोडिएर नाङ्गो पारिएको जैतुनको रूखझैँ हुनेछ र थोरै महिना मात्र बाँच्नेछ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ।”
7त्यो दिन आएपछि मानिसहरू सहायताको निम्ति आफ्ना सृष्टिकर्ता इस्राएलका पवित्र परमेश्वरतिर फर्कनेछन्। 8तिनीहरू आफ्नै हातले बनाएका वेदीहरूमा भरपर्नेछैनन् न त आफैंले बनाएका अशेरा देवीको मूर्ति र धूप जलाउने वेदीहरूमा भरोसा गर्नेछैन।
9त्यो दिन आउँदा किल्लाले सुरक्षित पारेका सहरहरू उजाड हुनेछन्, जसरी इस्राएलीहरूका सामुन्नेबाट हिव्वी र एमोरीहरू भाग्दा सहरहरू भताभुङ्ग छोडिराखेका थिए।
10हे इस्राएल, तँलाई उद्धार गर्ने र शक्तिशाली चट्टानले झैँ रक्षा गर्ने परमेश्वरलाई तैँले भुलिस्। त्यसकारण तैँले असल दाखबारी बनाएर उत्तम दाखका बोटहरू रोपिस् 11र तैँले रोपेका दिन ती बढे भने पनि, बिहान रोप्नेबित्तिकै बोटमा मुना फस्टाए पनि त्यहाँ केही फसल हुनेछैन र खालि कष्ट र नमेटिने पीडाका दिन हुनेछ।
शत्रुको हार
12शक्तिशाली जातिहरूमा खैलाबैला हुँदै छ, समुद्रको गर्जनझैँ र ठूल्ठूला छाल समुद्रमा उर्लेझैँ त्यसको सोर सुनिंदै छ। 13वेगसित बढी आउने बाढझैँ जाति-जाति अघि बढ्छन्। तर परमेश्वरले तिनीहरूलाई हप्काउनुहुनेछ र तिनीहरू पछि सर्नेछन्। डाँडामा बतासले भुस उडाएझैँ र हावाको भुमरीमा परेको परालझैँ तिनीहरू हुर्याइन्छन्। 14बेलुका तिनीहरूले आतङ्क मच्चाउँछन् तर बिहानसम्म गइसक्छन्। हाम्रो देश लुट्ने हरेकको त्यही दशा हुन्छ।
Currently Selected:
यशैया 17: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: