यशैया 12
12
धन्यवादको भजन
1यसरी प्रजाले भजन गाउने दिन आउँदै छ:
“हे परमप्रभु, म तपाईंको प्रशंसा गर्दछु!
तपाईं मसित रिसाउनुभएको थियो,
तर अब तपाईंको रिस मरेको छ
र मलाई सान्त्वना दिनुहुन्छ।
2 #
प्रस्थान 15:2; भजनसंग्रह 118:14 परमेश्वर मेरो मुक्तिदाता हुनुहुन्छ,
म उहाँमा भरोसा राख्नेछु र डराउनेछैनँ।
परमप्रभु मेरो शक्ति र भजन हुनुहुन्छ,
उहाँ मेरो मुक्तिदाता हुनुहुन्छ।
3आनन्दसित तिमीहरूले उद्धारको इनारबाट पानी भर्नेछौ।”
4त्यस दिन तिमीहरूले यसरी गाउनेछौ:
“परमप्रभुलाई धन्यवाद चढाओ! मद्दतको निम्ति उहाँको पुकारा गर!
उहाँले गरेका काम सारा राष्ट्रलाई भन!
उहाँ कति महान् हुनुहुन्छ, सो सबैलाई भन!
5परमप्रभुका महान् कामका निम्ति उहाँको भजन गाओ,
सारा संसारले ती कुरा सुनून्।
6सियोनवासीहरूले उच्च सोरले गाऊन्!
इस्राएलका पवित्र परमेश्वर महान् हुनुहुन्छ,
उहाँ आफ्ना प्रजाका माझमा विराजमान् हुनुहुन्छ।”
Currently Selected:
यशैया 12: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.