यशैया 10
10
1तिम्रो विनाश हुनेछ! तिमीहरू अन्यायका नियम-कानुन बनाउँछौ र मेरा प्रजामाथि अत्याचार हुँदछ।
2त्यसरी तिमीहरू गरीबलाई हक, न्याय पाउन रोक्छौ। त्यसरी तिमीहरूले विधवा र टुहुरा-टुहुरीहरूका धन-सम्पत्ति खोस्दछौ। 3परमेश्वरले सजायँ दिनुहुँदा तिमीहरूले के गर्ने? उहाँले टाढाका देशबाट तिनीहरूमाथि विपत्ति ल्याउनुहुँदा के गर्छौ? मद्दतका लागि तिमीहरू कता दगुरेर जान्छौ? तिमीहरूका धन-सम्पत्ति कहाँ लुकाउँछौ? 4तिमीहरू लडाइँमा मारिनेछौ वा त कैदमा लगिनेछौ तर पनि परमप्रभुको क्रोध मर्नेछैन, उहाँका हात सजायँ दिनलाई अझै उठेका हुनेछन्।
अश्शूरी महाराजामाथि परमेश्वरको दण्ड
5 #
यशैया 14:24-27; नहूम 1:1—3:19; सपन्याह 2:13-15 परमप्रभुले भन्नुभयो, “हाय! हाय!! अश्शूर देश, म जोसँग रिसाएको छु, त्यसका निम्ति तँ मेरा हातको मुङ्ग्रो भइस्। 6मलाई रिस उठाउने परमेश्वरबिनाका राष्ट्रलाई आक्रमण गर्न मैले अश्शूरलाई पठाएँ। बाटोमा कसिङ्गर खुट्टाले दलेझैँ मानिसहरूलाई दल्नु र लुटपिट गर्न मैले अश्शूरीलाई पठाएँ।”
7तर अश्शूरका राजाको आफ्नै हिँसा गर्ने विचार छ। त्यसले धेरै राष्ट्रहरू नाश गर्ने निश्चय गरेको छ। 8यसरी तिनले धाक लगाउँछन्, “मेरो हरेक सेनापति एउटा राजा नै हो! 9मैले कल्नो, कर्कमीश, हमात र अर्पाद सहरहरू जितें। मैले सामरिया र दमस्कस जितें। 10मूर्तिहरूको पूजा गर्ने राज्यहरूलाई दण्ड दिन मैले आफ्नो हात उठाएँ। ती मूर्तिहरूको सङ्ख्या यरूशलेम र सामरियामा भएका मूर्तिहरूको सङ्ख्याभन्दा धेरै थियो। 11मैले सामरिया र त्यहाँ भएका सबै मूर्तिहरूलाई नाश गरें। यरूशलेम र त्यहाँ पूजा गरिने मूर्तिहरूलाई पनि म त्यसै गर्नेछु।”
12तर परमप्रभु भन्नुहुन्छ, “सियोन पर्वत यरूशलेममा मैले सुरु गरेको काम सिद्धिएपछि म अश्शूरको राजालाई त्यसका घमण्ड र धाकको निम्ति सजायँ दिनेछु।”
13अश्शूरका राजा यस्तोले धाक लगाउँछन्, “यी सबै म आफैंले गरेको हुँ। म बलियो, बुद्धिमान् र चतुर छु। राष्ट्र-राष्ट्रका बीचमा साँध-सिमाना मैले मेटिदिएँ र तिनीहरूले भण्डारमा थुपारेका माल-सामान आफ्नो पारें। त्यहाँ बास गर्ने मानिसहरूलाई मैले साँढेले झैँ कुल्चेको छु। 14संसारका राष्ट्रहरू चराका गुँडझैँ थिए र मैले चराका फुल बटुलेझैँ तिनीहरूका धन-सम्पत्ति बटुलें। मलाई तर्साउन एउटा पखेटा पनि चलेन, एउटा चुच्चो पनि उघ्रेन!”
15तर परमप्रभु भन्नुहुन्छ, “के बन्चरो त्यसलाई चलाउने मानिसभन्दा ठूलो हुन सक्छ? के आरा, आरा चलाउनेभन्दा महत्त्वको हुन्छ र? मुङ्ग्रोले मानिस उठाउँदैन, मानिसले पो मुङ्ग्रो उठाउँछ।”
16अहिले आएर मोटाएकाहरूलाई सजायँ दिन सर्वशक्तिमान् परमप्रभुले रोग पठाउनुहुनेछ। तिनीहरूका जिउमा ननिभ्ने आगो लाग्नेछ। 17इस्राएलका ज्योति, परमेश्वर आगो बन्नुहुनेछ। इस्राएलका पवित्र परमेश्वर ज्वाला बन्नुहुनेछ र एकै दिनमा सबै कुरा काँडा र काँडे-झ्याङसित भस्म पार्नुहुनेछ। 18असल जङ्गल र खेतबारीहरू त्यसरी सम्पूर्ण नाश हुनेछ, जसरी कुनै घातक रोगले मानिसलाई मार्दछ। 19यति थोरै रूख बाँकी रहेका हुन्छन् कि एउटा सानो बालकले पनि ती गन्न सक्छ।
थोरै मानिस मात्र परमेश्वरकहाँ फर्कनेछन्
20त्यो दिन बाँकी रहेका इस्राएलका सन्तान आफूलाई प्राय: सम्पूर्ण नाश गर्ने राष्ट्रमा कहिल्यै भरपर्नेछैनन्। तिनीहरूले आफ्नो भरोसा साँच्चै परमप्रभु इस्राएलका पवित्र परमेश्वरमा राख्नेछन्। 21इस्राएलका थोरै मानिसहरू आफ्ना शक्तिशाली परमेश्वरकहाँ फर्की आउनेछन्। 22#रोमी 9:27अहिले इस्राएलका मानिसहरू समुद्रका किनारमा बालुवासरि भए पनि थोरै मात्र फर्कनेछन्। तिनीहरूका भाग्यमा सर्वनाश छ र तिनीहरू त्यसका योग्य छन्। 23हो, सार्वभौम र सर्वशक्तिमान् परमप्रभुले सारा देशमा सर्वनाश गराउनुहुनेछ र उहाँले त्यसो गर्छु भन्नुभएको छ।
अश्शूरमाथि परमप्रभुको दण्ड
24सियोनमा बास गर्नेहरूलाई सार्वभौम र सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “अश्शूरीहरूसित तिमीहरू नडराओ। तिनीहरूले तिमीहरूलाई मिश्रीहरूले झैँ अत्याचार गरे तापनि तिमीहरू नडराओ। 25अब थोरै समय मात्र छ, म तिमीहरूलाई दण्ड दिइसक्नेछु र त्यसपछि तिनीहरूलाई ध्वंस पार्नेछु। 26ओरेबका चट्टानमा मिद्यानीहरूलाई पिटेझैँ म सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई कोर्रा लाउनेछु। मिश्रलाई झैँ म अश्शूरलाई दण्ड दिनेछु। 27त्यो समय आउँदा म तिमीहरूलाई अश्शूरीहरूका हातबाट छुटाउनेछु र तिनीहरूका जूवाको बोझ तिमीहरूका काँधबाट हटाउनेछु।”
शत्रुको आक्रमण
28शत्रुहरूले अय्यात सहर कब्जामा लिएका छन्। तिनीहरू मिग्रोनबाट गएका छन्। तिनीहरूले मिकमाशमा आफ्ना सर-सामान छोडिराखेका छन्। 29तिनीहरूले घाटी पार गरे र गेबामा बास बसेका छन्। रामा सहरका मानिसहरू डराएका छन् अनि शाऊल राजाको सहर गेबाका मानिसहरू भागे। 30हे गल्लीमका बासिन्दाहरू हो, सोर उचाल। हे लैशाका बासिन्दाहरू हो! सुन। हे अनातोतका मानिसहरू हो, जवाफ देओ। 31मदमेना र गेबीमका मानिसहरू प्राण बचाउनलाई भाग्दै छन्। 32आज शत्रुहरू नोब सहरमा छन् र त्यहाँ यरूशलेम सहरको सियोन पर्वतलाई मुक्का देखाउँदै छन्।
33रूखबाट हाँगा-बिंगा काटिएझैँ सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई लाछ्नुहुनेछ। तिनीहरूका सबैभन्दा ठूला र घमण्डीहरू काटेर होच्याइनेछन्। 34जङ्गलका बीचमा बन्चरोले रूख ढालेझैँ, लेबनानका उत्तम रूखहरू काटिढालेझैँ परमप्रभुले तिनीहरूलाई काटिढाल्नुहुनेछ!
Currently Selected:
यशैया 10: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: