YouVersion Logo
Search Icon

होशे 6

6
मानिसहरूको देखावटी पश्‍चात्ताप
1मानिसहरू भन्‍दछन्, “हामी परमप्रभुकहाँ फर्कौं! उहाँले हामीलाई चोट पार्नुभयो, उहाँले नै हामीलाई निश्‍चय निको पार्नुहुनेछ। उहाँले हामीलाई घाइते बनाउनुभयो, उहाँले हाम्रा घाउमा मलम-पट्टी लगाइदिनुहुनेछ, होइन र? 2दुई तीन दिनमा उहाँले हामीलाई फेरि जगाउनुहुनेछ र हामी उहाँका सामुन्‍नेमा जिउनेछौं। 3हामीहरू परमप्रभुलाई चिन्‍ने चेष्‍टा गरौं। जसरी बिहान उज्‍यालो हुन्‍छ वा जमिन भिजाउने बसन्‍त ऋतुको झरी निश्‍चय आउनेछ, त्‍यसरी नै उहाँ हामीकहाँ अवश्‍यै आउनुहुनेछ।”
4तर परमप्रभु भन्‍नुहुन्‍छ, “हे इस्राएल र यहूदा, म तिमीहरूलाई के गरूँ? मप्रति तिमीहरूको प्रेम बिहानको कुइरोझैँ छिट्टै हराउँछ। त्‍यो त बिहानै बिलाउने शीतजस्‍तो छ। 5त्‍यही कारण मैले आफ्‍नो न्‍याय र विनाशको खबर दिन तिमीहरूकहाँ मेरा अगमवक्ताहरू पठाएको छु। म तिमीहरूबाट जे चाहन्‍छु, त्‍यो सरल र सफा छ। 6#मत्ती 9:13; 12:7म तिमीहरूका पशु बलिहरू होइन तर निरन्‍तर प्रेम चाहन्‍छु। मेरा प्रजाले मलाई होमबलिहरू चढाएको भन्दा बरु तिनीहरूले मलाई चिनेको म चाहन्‍छु।
7“तर आदमले जस्‍तै मैले तिनीहरूसित गरेको मेरो करार तिनीहरूले भङ्ग गरे। 8गिलाद दुष्‍टहरू र हत्‍याराहरूले भरिएको सहर हो। 9पूजाहारीहरू चाहिँ मानिसलाई बाटो ढुकेर बस्‍ने डाँकुहरूका दलझैँ छन्। शेकेमका पवित्रस्‍थानमा जाने बाटोमा पनि तिनीहरूले हत्‍या गर्छन्। तिनीहरूले जानी-जानी यी दुष्‍ट काम गर्छन्। 10इस्राएलमा मैले एउटा डरलाग्‍दो कुरो देखेको छु, मूर्तिपूजा गरेर मेरा प्रजाले, आफैंलाई बिटुल्‍याएका छन्।
11“अनि हे यहूदाका बासिन्‍दाहरू हो, तिमीहरूलाई पनि आ-आफ्‍ना कामअनुसार दण्‍ड दिने समय मैले तोकेको छु।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in