होशे 3
3
होशे र विश्वासघाती स्त्री
1परमप्रभुले मलाई भन्नुभयो, “फेरि जा, तेरी स्वास्नीले अरूसित व्यभिचार गरेकी भए पनि माया देखा। अरू देवताहरूका पछि लाग्ने र तिनीहरूलाई दाखका भेटीहरू चढाउन मन पराउने इस्राएलका मानिसहरूलाई जसरी म अझसम्म प्रेम गर्छु, त्यसरी नै तैँले त्यस स्त्रीलाई प्रेम गर्नुपर्नेछ।”
2यसकारण मैले पन्ध्र शेकेल ओजन चाँदीका टुक्रा र १५० किलोग्राम जौ दिएर त्यस स्त्रीलाई किनें। 3“धेरै दिनसम्म वेश्यावृत्ति नगरी तँसित बस्नुपर्नेछ र म पनि तँसित बस्नेछु,” भनी मैले त्यसलाई भनें। 4यही प्रकारले नै इस्राएलका मानिसहरूले धेरै दिनसम्म राजा वा अगुवाबिना जीवन बिताउनुपर्नेछ। ती दिनमा तिनीहरू बलिदान वा पूजा गरिने ढुङ्गा, पूजाहारीको पोशाक वा मूर्तिविना रहनेछन्। 5तर यस्तो समय आउनेछ, जब इस्राएलका मानिसहरू फेरि एकपल्ट परमप्रभु आफ्ना परमेश्वर र आफ्ना राजा दाऊदका सन्तानपट्टि फर्कनेछन्। त्यस समय तिनीहरूले परमप्रभुको डर मान्नेछन् र उहाँबाट आशिष् पाउनेछन्।
Currently Selected:
होशे 3: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: