हिब्रू पुस्तक परिचय
पुस्तक परिचय
यो पत्र ख्रीष्टियानहरूको एउटा झुण्डलाई लेखिएको थियो। बढ्दो विरोधको सामना गर्नुपरेकोले तिनीहरूले येशूमा राखेको विश्वास त्यागिदेलान् कि भन्ने डर थियो। तिनीहरूलाई ढाडस दिलाउन यो पत्र लेख्नेले येशू नै परमेश्वरको देखिने साँचो रूप हुनुहुन्छ भनेर देखाउँछन्। यसो गर्न उनले तीन वटा सत्य कुरामा जोड दिन्छन्:
१) येशू परमेश्वरका अनन्त पुत्र हुनुहुन्छ, जसले आफूले भोग्नुभएको पीडाहरूद्वारा कसरी पिताको आज्ञा साँचो प्रकारले मान्नुपर्ने हो, सो सिक्नुभयो। परमेश्वरका पुत्र हुनुभएकोले येशू पुरानो करारका अगमवक्ताहरू, स्वर्गदूत र मोशाभन्दा पनि महान् हुनुहुन्छ।
२) परमेश्वरले येशूचाहिँ पुरानो करारका पूजाहारीहरूभन्दा पनि महान् अनन्तका पूजाहारी हुनुहुन्छ भनेर घोषणा गर्नुभएको छ।
३) उहाँमा विश्वास गर्ने व्यक्ति येशूद्वारा पाप, डर र मत्युबाट बचाइन्छ। साथै उहाँ प्रधान पूजाहारी हुनुभएकोले उहाँले साँचो मुक्ति दिनुहुन्छ। यो मुक्तिलाई यहूदी धर्मका रीतिथिति र पशु-बलिहरूद्वारा सङ्केतको रूपमा जनाइसकिएको थियो।
एघारौं अध्यायमा लेखकले यो पत्र पढ्नेहरूलाई इस्राएली इतिहासका केही नामी मानिसहरूले गरेका विश्वासको नमुना दिई विश्वासयोग्य भइरहने अनुरोध गर्छन्। बाह्रौँ अध्यायमा उनले तिनीहरूलाई येशूलाई मात्र हेरी अन्तसम्मै उहाँमा विश्वासयोग्य भइरहनु र जस्तै दु:ख र सतावट आए पनि ती सबैलाई सहनुपर्छ भनेर जोड दिन्छन्। यो पत्रचाहिँ सल्लाह र चेतावनीका वचनहरूसहित अन्त गरिएको छ।
संक्षिप्त विषय-सूची
परिचय: ख्रीष्ट परमेश्वरको साँचो रूप १:१-३
स्वर्गदूतहरूभन्दा ख्रीष्ट महान् हुनुहुन्छ १:४—२:१८
मोशा र यहोशूभन्दा ख्रीष्ट महान् हुनुहुन्छ ३:१—४:१३
ख्रीष्टको पूजाहारीगिरीको महान्ता ४:१४—७:२८
ख्रीष्टको करारको महान्ता ८:१—९:२८
ख्रीष्टको बलिदानको महान्ता १०:१-३०
विश्वासको प्रमुखता ११:१—१२:२९
परमेश्वरलाई रिझाउनु १३:१-१९
आखिरी प्रार्थना १३:२०-२१
आखिरी वचनहरू १३:२२-२५
Currently Selected:
हिब्रू पुस्तक परिचय: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: