YouVersion Logo
Search Icon

हाग्‍गै 1

1
मन्‍दिर पुनर्निर्माण गर्ने परमप्रभुको आज्ञा
1 # एज्रा 4:24—5:2; 6:14 फारस देशका महाराजा भई दाराले राज्‍य गरेको दोस्रो वर्षको छैटौं महिनाको पहिलो दिन परमप्रभुले हाग्‍गै अगमवक्ताद्वारा आफ्‍नो वचन बोल्‍नुभयो। त्‍यो सन्‍देश शालतिएलका छोरा यहूदाका बडा-हाकिम यरुबाबेल र यहोसादाकका छोरा मुख्‍य पूजाहारी यहोशूको लागि थियो।
2सर्वशक्तिमान् परमप्रभुले हाग्‍गैलाई भन्‍नुभयो, “यी मानिसहरू भन्‍दछन् कि फेरि मन्‍दिर निर्माण गर्न यो समय ठीक छैन।” 3त्‍यसपछि परमप्रभुले हाग्‍गै अगमवक्ताको मुखबाट यो सन्‍देश मानिसहरूलाई दिनुभयो, 4“हे मेरा मानिसहरू हो! मेरो मन्‍दिर जीर्ण भएको छ र तिमीहरूचाहिँ कसरी असल घरहरूमा बास गर्दछौ? 5तिमीहरूलाई के भइरहेछ, के तिमीहरूले देख्‍दैनौ? 6तिमीहरूले धेरै रोपेका छौ; तर थोरै मात्र बटुलेका छौ। खानलाई तिमीहरूसित भोजन त छ; तर अघाउने गरी खान पाउँदैनौ। पिउनलाई तिमीहरूसित दाखमद्य त छ; तर तृप्‍त हुने गरी पिउन पाउँदैनौ। तिमीहरूका लुगा-फाटाहरू त छन्; तर त्‍यतिले तिमीहरूलाई न्‍यानो पार्दैन। कमाइ गर्नेले कमाएको धन चुहुने थैलीमा हालेको जत्तिकै छ। 7तिमीहरूले आफ्‍ना चाल राम्ररी विचार गर। 8अब डाँडा-डाँडामा जाओ, काठ-पात ल्‍याओ र फेरि मन्‍दिर नयाँ गरी निर्माण गर। तब म प्रसन्‍न हुनेछु र मेरो आराधना उचित रीतिले हुनेछ।
9“तिमीहरूले धेरै फसल उठाउने आशा गरेका थियौ; तर थोरै मात्र बटुल्‍यौ। जब तिमीहरूले घरमा फसल पुर्‍यायौ, मैले त्‍यो बतासले उडाइदिएँ। किन मैले त्‍यसो गरें त? किनभने मेरो मन्‍दिर जीर्ण छ र तिमीहरूचाहिँ आ-आफ्‍ना घर बनाउन व्‍यस्‍त छौ। 10त्‍यही कारणले पानी परेको छैन र केही अन्‍न-पात उम्रन सक्‍दैन। 11देशमा मैले खडेरी ल्‍याएको छु; डाँडाहरू, अन्‍न-बारीहरू, दाखबारीहरू र जैतुनका बारीहरूमा साथै जमिनले उमार्ने हरेक बालीमा, मानिसहरू र पशुहरूका बीच तिमीहरूले रोपेका हरेक थोकमा खडेरी ल्‍याएको छु।”
मानिसहरूले परमप्रभुको आज्ञापालन गर्छन्
12तब यरुबाबेल, यहोशू र बेबिलोनको कैदबाट फर्किआएका सबै मानिसहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार गरे। तिनीहरू डराए र परमप्रभुको सन्‍देश ल्‍याउने अगमवक्ता हाग्‍गैको कुरा माने। 13तब हाग्‍गैले मानिसहरूलाई परमप्रभुको सन्‍देश सुनाए, “म तिमीहरूसित छु, परमप्रभु भन्‍नुहुन्‍छ।” 14यहूदाका बडा-हाकिम यरुबाबेल, मुख्‍य-पूजाहारी यहोशू र कैदबाट फर्कि आएका सबै मानिसहरूलाई परमप्रभुले मन्‍दिरमा काम गर्ने प्रेरणा दिनुभयो र तिनीहरूले सर्वशक्तिमान् परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा काम गर्न थाले। 15महाराजा दाराको शासनकालको दोस्रो वर्षको छैटौं महिनाको चौबीसौं दिनबाट तिनीहरूले यो काम गर्न थाले।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for हाग्‍गै 1