हबकूक पुस्तक परिचय
पुस्तक परिचय
ख्रीष्ट जन्मनुभन्दा अघि सातौँ शताब्दीको अन्ततिर हबकूक अगमवक्ताले भविष्यवाणी गरेका हुन्। त्यस बेला बाबेलका हातमा राज्य-शक्ति थियो। त्यस निठुरी जातिका हिँसाका कामले गर्दा उनका मनमा बेचैनी थियो र उनले परमप्रभुलाई यस्तो प्रश्न गरे, “तिनीहरूले आफूभन्दा धर्मीहरूलाई नाश गर्दा तपाईं किन चुप लागेर बस्नुहुन्छ?” (१:१३)। म आफ्नै समयमा चाहिँदो कारवाइ गर्नेछु र त्यतिञ्जेल “धर्मीहरू परमेश्वरप्रति विश्वास गरेकाले बाँच्नेछन्,” भनी परमप्रभुले उत्तरमा भन्नुभयो (२:४)।
बाँकी खण्डमा अधर्मीहरू नाश हुने कुराबारे ईश्वरवाणी छ र अन्तमा एउटा भजन छ, जसमा तिनले परमेश्वरका महान्ता र उहाँप्रति आफ्नो अटल विश्वास प्रकट गर्छन्।
संक्षिप्त विषय-सूची
हबकूकको गुनासो र परमप्रभुको उत्तर १:१—२:४
अधर्मीको विनाश २:५-२०
हबकूकको प्रार्थना ३:१-१९
Currently Selected:
हबकूक पुस्तक परिचय: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.