गलाती 3
3
व्यवस्था या विश्वास
1हे अबुझ गलातीहरू, तिमीहरूलाई कसले मोहनी लगायो? तिमीहरूकै आँखाका अगाडि येशू ख्रीष्ट क्रूसमा मर्नुभएको बारेमा सबै कुरा बताइएको थियो। 2तिमीहरूबाट एउटा कुरो बुझ्न चाहन्छु, व्यवस्थाले भनेझैँ गरेर के तिमीहरूले परमेश्वरको आत्मा पाएका हौ? कि सुसमाचार सुनेर विश्वास गर्दा पाएका हौ? 3तिमीहरू किन यति अबुझ भएका? तिमीहरू परमेश्वरको आत्माबाट सुरु भयौ, अब आफ्नै शारीरिक स्वभावमा टुङ्गिन चाहन्छौ। 4के तिमीहरूले व्यर्थैमा धेरै दु:ख भोग्यौ त? होइन। 5परमेश्वरले आत्मा दिएर तिमीहरूका माझमा अचम्मको काम गर्नुभयो। के यो तिमीहरूले व्यवस्था मानेकोले भएको हो कि सुसमाचार सुनेर विश्वास गरेकोले हो?
6 #
उत्पत्ति 15:6; रोमी 4:3 अब्राहामले त परमेश्वरमा विश्वास गरे अनि परमेश्वरले उनलाई ठीक ठहराउनुभयो। 7#रोमी 4:16त्यसो हुँदा विश्वास गर्नेहरू नै अब्राहामका साँचो सन्तान हुन् भन्ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ। 8#उत्पत्ति 12:3अघि नै धर्मशास्त्रमा अरू जातिका मानिसहरू पनि विश्वासद्वारा परमेश्वरको सामु ठीक ठहरिन्छन् भन्ने लेखिएको थियो। त्यसैकारण अब्राहामलाई उहिले नै सुसमाचार यसरी सुनाइयो, “तिमीबाटै पृथ्वीमा हुने सबै जातिका मानिसलाई परमेश्वरको आशिष् मिल्नेछ।” 9अब्राहामले विश्वास गरेर आशिष् पाए। यसरी नै अरूले पनि विश्वास गरेर आशिष् पाउनेछन्।
10 #
व्यवस्था 27:26
व्यवस्था मान्नेहरूचाहिँ सरापको अधीनमा बस्तछन् किनभने धर्मशास्त्रले भन्दछ, “व्यवस्थामा लेखे जति सबै कुरा पूरै नमान्नेहरूमाथि सराप पर्नेछ।” 11#हबकूक 2:4त्यसो हुँदा अब व्यवस्थाबाट कोही पनि परमेश्वरको अगाडि ठीक ठहरिंदैन किनभने धर्मशास्त्रमा लेखिएको छ, “विश्वासबाट परमेश्वरको अगाडि ठीक ठहरिने मानिस नै जिउनेछ,” 12#लेवी 18:5तर व्यवस्था विश्वासको कुरो होइन। तर धर्मशास्त्रमा लेखिएको छ, “व्यवस्था पालन गर्ने त्यसैबाट जिउनेछ।” 13#व्यवस्था 21:23ख्रीष्टले हाम्रा लागि सराप बोक्नुभयो अनि व्यवस्थाको सरापबाट हामीलाई छुटकारा दिनुभएको छ। धर्मशास्त्रले भन्दछ, “रूखमा झुन्ड्याइनेले सराप पाएको हुन्छ।” 14यसैले ख्रीष्टबाट अब्राहामको आशिष् अरू जातिका मानिसलाई मिल्दछ अनि विश्वासद्वारा परमेश्वरले प्रतिज्ञा गरेको आत्मा हामी पाउन सक्छौं।
15दाजुभाइहरू, उदाहरणको लागि मान्छेकै कुरा गरौं। दुई जना मानिसले पनि कुनै कुरामा सहीछाप गरे भने पछि उसले कुनै कुरो पनि थप्न वा घटाउन सक्दैन। 16यहाँ पनि परमेश्वरले अब्राहामलाई एउटा मात्रै सन्तानको प्रतिज्ञा गर्नुभयो। धेरै जना होइन, एउटा मात्रै भनिएको छ। एउटा मात्रै सन्तान भनेको ख्रीष्ट हुनुहुन्छ। 17#प्रस्थान 12:40मैले भन्न खोजेको कुरा यो हो, आफूले प्रतिज्ञा गरेको कुरामा परमेश्वरले सहीछाप गरिसक्नुभएको छ। तर चार सय तीस वर्षपछि आएको व्यवस्थाले सही छापलाई मेटेर उहाँको प्रतिज्ञा खारेज गर्न सक्दैन। 18#रोमी 4:14परमेश्वरले दिन्छु भनेको हक व्यवस्था पालन गरेर पाइने हो भने त त्यो प्रतिज्ञा नै भएन। तर यो त परमेश्वरले प्रतिज्ञा गरेर अब्राहामलाई दिइसक्नुभएको छ।
19त्यसो भए व्यवस्था किन दिइयो त? पाप चिनाउन दिइयो अनि प्रतिज्ञा गरेको अब्राहामका सन्तान नआउञ्जेल यसको काम पर्यो। व्यवस्था स्वर्गदूतहरूले मध्यस्थद्वारा दिए। 20मध्यस्थ हुन दुई पक्ष चाहिन्छ तर परमेश्वर एक हुनुहुन्छ।
व्यवस्थाको काम
21त्यसो भए के व्यवस्था परमेश्वरको प्रतिज्ञाको विरोधी हो? अँहँ, होइन। मानिसले जीवन पाओस् भनेर व्यवस्था दिएको भए, व्यवस्थाले नै मानिसलाई परमेश्वरको अगाडि ठीक ठहराउने थियो। 22येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई प्रतिज्ञा गरेको आशिष् विश्वास गर्नेहरूले नै पाऊन् भनेर सारा संसार पापको कैदमा छ भनी धर्मशास्त्रले बताउँछ। 23ख्रीष्टभन्दा अघि विश्वास प्रकट नहुञ्जेलसम्म व्यवस्थाले नै हामी सबैलाई हेरविचार गरेर राखेको थियो। 24विश्वासद्वारै परमेश्वरका सामु ठीक ठहरिनलाई ख्रीष्ट आउनुभन्दा अघि व्यवस्था हाम्रो गुरु भयो। 25तर विश्वास आएकोले अब हामीलाई त्यस गोठालाले हेर्नुपर्दैन। 26कारण विश्वासबाटै येशू ख्रीष्टमा तिमीहरू सबै परमेश्वरका सन्तान भएका छौ। 27ख्रीष्टमा बप्तिस्मा पाउनेले ख्रीष्टलाई नै पहिरेको छ। 28यसैकारण येशू ख्रीष्टमा इस्राएली र अरू जाति, कमारा र फुक्का अनि लोग्ने मान्छे र स्वास्नी मान्छे हुँदैन, सबै एकै हौं। 29#रोमी 4:13तिमीहरू ख्रीष्टका हौ भने अब्राहामका सन्तान हौ र परमेश्वरले प्रतिज्ञा गर्नुभएको धनको हकवाला पनि हौ।
Currently Selected:
गलाती 3: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: