YouVersion Logo
Search Icon

कलस्सी 2

2
1साँच्‍चै तिमीहरूका लागि मैले मरिमेटेर काम गरेको छु। मैले त लाउडिकियाका मानिसहरूलाई र मलाई नचिन्‍नेहरू सबैको लागि पनि यत्तिकै कसिएर काम गरेको छु भन्‍ने म थाहा दिन चाहन्‍छु। 2तिनीहरूले साहस पाउन् र प्रेममा सँगै बाँधिऊन् भनेर मैले यसो गरेको हुँ। त्‍यसो हुँदा उनीहरूले आत्‍मामा एकदमै धनी भएर पूरासँग बुझ्‍न सक्‍नेछन् अनि तिनीहरूले परमेश्‍वरको रहस्‍य ख्रीष्‍टलाई पूरै चिन्‍न सक्‍नेछन्। 3उहाँमा नै परमेश्‍वरको सबै ज्ञान र बुद्धिको भण्‍डार छ।
4यसकारण म तिमीहरूलाई भन्‍छु, जतिकै साँचो देखिए तापनि झूटा कुराहरूले तिमीहरूलाई नछक्याओस्। 5शरीरमा तिमीहरूदेखि टाढा भए पनि आत्‍मामा त म तिमीहरूसँगै छु। ख्रीष्‍टमा तिमीहरूको विश्‍वास एकदम दरो देखेर मलाई धेरै खुसी लागेको छ।
ख्रीष्‍टमा जीवनको पूर्णता
6जसरी तिमीहरूले ख्रीष्‍ट येशूलाई प्रभु भनेर मानेका छौ त्‍यसरी नै तिमीहरू उहाँमा नै जिइरहो। 7उहाँभित्रै जरा गहिरोसँग हालेर बढ। तिमीहरूले आफ्‍नो जीवन उहाँमा नै खडा गर अनि तिमीहरूलाई सिकाएअनुसार विश्‍वासमा दरो भएर उहाँलाई धन्‍यवाद दिइ नै रहो।
8तिमीहरू चनाखो भएर बस, नत्र मानिसहरूको ज्ञान-बुद्धिको खोक्रो छलको तिमीहरू शिकार बन्‍नेछौ। यस्‍ता कुराहरू ख्रीष्‍टबाट होइनन् तर मानिसहरूकै परम्‍परा र संसारका शिक्षाबाट आएका हुन् 9किनभने ख्रीष्‍टको शरीरमा नै परमेश्‍वरको सारा स्‍वर्गीय स्‍वरूप बसेको छ। 10ख्रीष्‍ट सबै राज्‍य र आत्‍माका शिर हुनुहुन्‍छ। उहाँमा तिमीहरूको जीवन पूरा भएको छ।
11तिमीहरू ख्रीष्‍टमा हुनु नै साँचो खतना पाउनु हो। मानिसद्वारा शरीरमा लगाइने खतना होइन तर ख्रीष्‍टकै खतना लाएका छौ। यो खतनाचाहिँ तिमीहरूले यस शारीरिक स्‍वभावको शक्तिबाट छुटकारा पाउनु हो 12#रोमी 6:4किनभने बप्‍तिस्‍मा लिंदा तिमीहरू ख्रीष्‍टसँगै गाडियौ अनि तिमीहरूले मरेकाबाट ख्रीष्‍टलाई बिउँताउनुहुने परमेश्‍वरको शक्तिमा विश्‍वास गरेका हुनाले तिमीहरू ख्रीष्‍टसँग बिउँतिएका छौ। 13#एफिसी 2:1-5तिमीहरूले पाप गरेको कारण र व्यवस्थाअनुसार खतना नलाउने अरू जातिका मानिस भएका हुनाले एक समय तिमीहरू आत्‍मिकरूपमा मरेका थियौ। तर अब त परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै बिउँताउनुभएको छ र हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभएको छ। 14#एफिसी 2:15उहाँले हाम्रो विरुद्ध लेखिएका सबै तमसुकहरू तिनका दाबीहरूका साथ रद्द गरिदिनुभयो। उहाँले तिनलाई क्रूसमा किला ठोकी नाश गर्नुभयो 15अनि त्‍यही क्रूसमा नै ख्रीष्‍टले आत्‍मिक शासक र शक्तिहरूबाट आफैं स्‍वतन्‍त्र पार्नुभयो। उहाँले तिनीहरूलाई खुल्‍लमखुल्‍ला तमाशा बनाइदिनुभयो।
16 # रोमी 14:1-6 यसकारण कसैले पनि खानपानको, पवित्र दिन मान्‍ने-नमान्‍ने, औँसी पर्व मान्‍ने-नमान्‍ने या विश्राम दिनको विषयमा नियम नबनाओस्। 17यी सबै पछि आउने कुराहरूका छाया मात्रै हुन्। सक्‍कली कुरो त ख्रीष्‍ट नै हुनुहुन्‍छ। 18हामीले दर्शन पाएका छौं भन्‍दै झूटो नम्रता देखाएर स्‍वर्गदूतलाई पूजा गरी आफैंलाई ठूला ठान्‍नेहरू छन्। तिनीहरूले तिमीहरूलाई यस्‍ता छली कुराले झुक्‍याएर तिमीहरूले पाउनुपर्ने इनाम गुमाउन नदेओ। यस्‍ता मानिसहरू कारणैबिना शारीरिक स्‍वभावको ज्ञानले फुलिएर बस्‍छन्। 19#एफिसी 4:16यिनीहरू त आफ्‍ना शिर ख्रीष्‍टसँग नजोडिएर छुट्टै रहेका छन्। उनै ख्रीष्‍टका अधीनमा रहेर मात्र सिङ्गै शरीर पुष्‍ट हुन्‍छ अनि उनीहरू ठीकठाकसँग जोडिएर परमेश्‍वरकै चाहनाअनुसार बढ्दै-बढ्दै जानेछन्।
ख्रीष्‍टसँगै मर्‍यौं, ख्रीष्‍टसँगै जिउँछौं
20-21तिमीहरूले त ख्रीष्‍टसँगै मरेर यस संसारका आत्‍माबाट छुटकारा पाएका छौ। किन तिमीहरू यस संसारकै जस्‍ता भएर जिउँछौ? किन तिमीहरू यो चलाउनुहुँदैन, यो चाख्‍नुहुँदैन, यो छुनुहुँदैन भन्‍ने नियमहरू पालन गर्छौ? 22यी कुराहरू त चलाउने बित्तिकै नाश हुन्‍छन्। यी त मानिसले बाँधेका नियम र शिक्षाहरू मात्र हुन्। 23धर्मकर्म गर्ने, नम्र हुने र जोगीझैँ जिउने, यी सबै बुद्धिमानी देखिन्‍छन्। तर यो आफ्‍नो शारीरिक स्‍वभावको नराम्रो इच्‍छालाई वशमा राख्‍न केही कामको हुँदैन।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in