YouVersion Logo
Search Icon

२ तिमोथी 1:6-11

२ तिमोथी 1:6-11 सरल नेपाली

यसैकारण म तिमीलाई फेरि सम्‍झना गराउँदै भन्‍छु, मैले तिमीमाथि हात राख्‍दा परमेश्‍वरले दिनुभएको दानलाई तिमीले जोगाइराख्‍नू किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन तर शक्ति, प्रेम अनि आफैंलाई वशमा राख्‍ने आत्‍मा दिनुभएको छ। त्‍यसैले हाम्रा प्रभुको साक्षी दिन र म कैदी भएकोमा लाज नमान्‍न बरु तिमी पनि परमेश्‍वरको बलले सुसमाचार सुनाउन दु:ख उठाओ। परमेश्‍वरले नै हामीलाई बचाएर आफ्‍नै मानिस हुन बोलाउनुभयो। हामीले गरेका कामले होइन तर उहाँका आफ्‍नै विचारले र अनुग्रहले परमेश्‍वरले हामीलाई आफ्‍नो पार्नलाई बचाएर बोलाउनुभयो। सृष्‍टिभन्दा अघि नै हामीलाई ख्रीष्‍ट येशूले यो अनुग्रह दिनुभएको हो। तर हाम्रो मुक्ति हाम्रा प्रभु येशू ख्रीष्‍ट आएपछि प्रकट भएको हो। ख्रीष्‍टले मृत्‍युलाई हटाउनुभयो र सुसमाचार सुनाएर कहिले नमर्ने जीवन देखाउनुभयो। परमेश्‍वरले मलाई यही सुसमाचार सुनाउन प्रचारक, प्रेरित र शिक्षक हुन खटाउनुभएको हो।

Video for २ तिमोथी 1:6-11

Verse Image for २ तिमोथी 1:6-11

२ तिमोथी 1:6-11 - यसैकारण म तिमीलाई फेरि सम्‍झना गराउँदै भन्‍छु, मैले तिमीमाथि हात राख्‍दा परमेश्‍वरले दिनुभएको दानलाई तिमीले जोगाइराख्‍नू किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन तर शक्ति, प्रेम अनि आफैंलाई वशमा राख्‍ने आत्‍मा दिनुभएको छ। त्‍यसैले हाम्रा प्रभुको साक्षी दिन र म कैदी भएकोमा लाज नमान्‍न बरु तिमी पनि परमेश्‍वरको बलले सुसमाचार सुनाउन दु:ख उठाओ।
परमेश्‍वरले नै हामीलाई बचाएर आफ्‍नै मानिस हुन बोलाउनुभयो। हामीले गरेका कामले होइन तर उहाँका आफ्‍नै विचारले र अनुग्रहले परमेश्‍वरले हामीलाई आफ्‍नो पार्नलाई बचाएर बोलाउनुभयो। सृष्‍टिभन्दा अघि नै हामीलाई ख्रीष्‍ट येशूले यो अनुग्रह दिनुभएको हो। तर हाम्रो मुक्ति हाम्रा प्रभु येशू ख्रीष्‍ट आएपछि प्रकट भएको हो। ख्रीष्‍टले मृत्‍युलाई हटाउनुभयो र सुसमाचार सुनाएर कहिले नमर्ने जीवन देखाउनुभयो। परमेश्‍वरले मलाई यही सुसमाचार सुनाउन प्रचारक, प्रेरित र शिक्षक हुन खटाउनुभएको हो।

Free Reading Plans and Devotionals related to २ तिमोथी 1:6-11