२ कोरिन्थी 4
4
माटाको भाँडामा राखेको आत्माको धन
1परमेश्वरले आफ्नै दयामा हामीलाई यो काम दिनुभएको छ। यसकारण हामी हरेस खाँदैनौं। 2हामी सबै किसिमका लुकी-चोरी गरिने कुरा र नराम्रा कामहरू त्याग्छौं। हामी छल-कपटको काम गर्दैनौं। परमेश्वरको वचनलाई झूटो तुल्याउँदैनौं। हामी सत्यको पूर्ण उज्यालोमा परमेश्वरको अघि जिउँछौं अनि सबैले देख्ने गरी मान्छेको आँखा अगि हामीले आफैंलाई सुम्पेका छौं। 3हामीले सुनाएको सुसमाचार कसैबाट पनि लुकेको भए नाश हुनेहरूबाट मात्र लुकेको छ।
4यस युगको देवताले येशूमा विश्वास नगर्नेहरूको बुझ्ने शक्तिलाई नै अन्धो बनाइदिएको छ। ख्रीष्ट परमेश्वरकै स्वरूप हुनुहुन्छ, उहाँकै बारेमा भएको सुसमाचारबाट आउने चहकिलो प्रकाश अविश्वासीहरूले नदेखून् भनी शैतानले तिनीहरूलाई अन्धो बनाइदिएको छ। 5हामी आफ्नै प्रचार गर्दैनौं, तर येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भन्ने कुरा प्रचार गर्छौं र हामीचाहिँ येशूको खातिर तिमीहरूकै कमारा हौं।
6 #
उत्पत्ति 1:3
“अन्धकारको बीचमा उज्यालो चम्कनेछ भन्नुहुने परमेश्वरले नै हाम्रो हृदयमा उहाँको उज्यालो चम्काउनुभएको छ। यो उज्यालोबाट परमेश्वरको कत्रो सम्मान् छ, त्यो हामी बुझ्छौं। साँच्चै यो उज्यालो ख्रीष्टको मुहारमै छ। 7यस्तो बहुमूल्य धन हामीजस्तो माटाको भाँडामा राखिएको कारणचाहिँ सबै शक्ति सर्वोच्च परमेश्वरकै हातमा छ भनी देखाउन हो, हामीसँग कुनै शक्ति छैन। 8हामी घरीघरी चारैतिरबाट थिचो-मिचोमा पर्छौं, तर पनि धुलो-पिठो त भएका छैनौं। अन्योलमा परे पनि निराशचाहिँ भएका छैनौं। 9हामीलाई धेरै सताएको भए पनि हामी त्यागिएका छैनौं। हामीले बेसरी चुटाइ खाएर ढले पनि मरेका त छैनौं। 10येशूको जीवन हाम्रा शरीरमा चम्काउन येशूको मृत्यु सधैँ हाम्रै शरीरमा बोक्छौं। 11हाम्रो यो मर्ने शरीरमा येशूको जीवन देखा परोस् भनेर नै हामी सधैँ उहाँकै निम्ति मृत्युको मुखमा परिरहन्छौं। 12यसरी हामीहरूमा मृत्युले काम गरेको छ, त्यसरी नै तिमीहरूमा चाहिँ जीवनले काम गरिरहेको छ।
13 #
भजनसंग्रह 116:10
“विश्वास गरेको छु, त्यसैकारण म बोल्छु,” भनी धर्मशास्त्रमा लेख्ने मानिसमा विश्वास गर्ने आत्मा भएझैँ हामीमा पनि विश्वास गर्ने आत्मा छ। त्यसकारण हामी विश्वास गर्छौं र नै बोल्छौं। 14हामीलाई थाहा छ, परमेश्वरले नै येशूलाई मरेकोबाट बिउँताउनुभयो। उही परमेश्वरले हामीलाई पनि येशूसँगै बिउँताएर तिमी र हामी सबैलाई आफूकहाँ लैजानुहुनेछ। 15यी सबै कुरा तिमीहरूकै लागि भएका हुन् किनभने जति धेरै मानिसहरूले परमेश्वरको अनुग्रह पाउँछन्, उति धेरै तिनीहरूले परमेश्वरको सम्मान्का लागि परमेश्वरलाई धन्यवाद दिनेछन्।
विश्वासको जीवन
16यसैकारण हामी कहिले पनि हरेस खाँदैनौं। हामी शरीरमा खिइँदैगए पनि हाम्रो भित्री आत्माचाहिँ दिनदिनै नयाँ हुँदैगइरहेको छ। 17हामीले अहिले भोगेको दु:ख पछि पाउने अति ठूलो अनन्तको सुख सम्झेर त साँच्चै केही पनि होइन। 18देखिएका चीजहरूका लागि होइन तर नदेखिएका चीजहरूका लागि हामी ध्यान दिन्छौं। जे देखिन्छ, त्यो केही समयको लागि हुन्छ तर जे देखिंदैन, त्यो सदाको लागि हुन्छ।
Currently Selected:
२ कोरिन्थी 4: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.