२ कोरिन्थी 13
13
आखिरी चेतावनी र बिदाइ
1 #
व्यवस्था 17:6; 19:15 म अब तेस्रो पल्ट तिमीहरूकहाँ आउन लागिरहेछु। कुनै दोष दुई वा तीन साक्षीको वचनमा मात्र ठीक ठहरिनेछ भनी धर्मशास्त्रले बताउँछ। 2दोस्रो पटक म आएको बेला पाप गर्नेहरू र अरू सबैलाई पनि मैले सम्झाएको थिएँ। अहिले यहाँबाट पनि म तिमीहरूलाई त्यही कुरा सम्झाउँछु। नत्र म फेरि आउँदा तिमीहरूलाई बाँकी राख्नेछैनँ। 3त्यस बेला ख्रीष्ट मसँग भएर बोल्नुहुँदो रहेछ कि रहेनछ, तिमीहरूले खोजेको प्रमाण भेट्ने नै छौ। तिमीहरूका माझमा काम गर्दा उहाँ कमजोर होइन तर शक्तिशाली हुनुहुन्छ 4किनभने उहाँ कमजोर भएर क्रूसमा टाँगिनुभयो तर परमेश्वरको शक्तिले उहाँ जीवित हुनुभयो। हामी पनि उहाँजस्तै कमजोर भएका छौं, तर तिमीहरूलाई ठीक पार्न परमेश्वरले नै हामीलाई पनि ख्रीष्टको जीवन र शक्ति दिनुहुन्छ।
5तिमीहरूको विश्वास छ कि छैन, पहिले आफैंलाई जाँचेर हेर। ख्रीष्ट तिमीभित्र हुनुहुन्छ भन्ने कुरा के तिमीहरूलाई पत्तो छैन? नत्रता तिमीहरू काम लाग्दैनौ। 6हामीहरू त काम नलाग्ने भएका छैनौं भनेर तिमीहरूलाई थाहै होला। 7हामीले त तिमीहरूले खराब काम गर्नुनपरोस् भनेर परमेश्वरसँग प्रार्थना गर्दै छौं। हामीले यो प्रार्थना आफैंलाई राम्रो देखाउन होइन, तर हामी काम नलाग्ने नै देखिए पनि तिमीहरूले ठीकठीक काम गर्न सक भनेर प्रार्थना गर्दछौं 8किनभने हामी सत्यको पक्षमा नै काम गर्नेछौं, तर सत्यको विरोधमा केही पनि गर्न सक्दैनौं। 9हामीचाहिँ केही गर्न नसक्ने कमजोर तर तिमीहरूचाहिँ जे पनि गर्न सक्ने बलिया भएकामा हामी खुसी नै छौं अनि तिमीहरू सिद्ध बन्न सक भनेर हामीहरू प्रार्थना पनि गर्छौं। 10यसैकारण तिमीहरूदेखि टाढो भएको बेला म यो लेख्दछु, म त्यहाँ आउँदा प्रभुले बिगारको निम्ति होइन तर सुधारको निम्ति दिनुभएको अधिकारलाई कडाकडीसँग चलाउनुनपरोस्।
11अन्त्यमा भाइहरू हो, बिदा पाऊँ। दिलोज्यानले सिद्ध बन्ने कोसिस गर। मेरो बिन्ती सुन, एक-अर्काले भनेको सुन र शान्तिमा बस। अनि शान्ति र प्रेम दिनुहुने परमेश्वर तिमीहरूसँग रहनुहुनेछ। 12एक-अर्कालाई प्रेमसाथ अभिवादन गर। ख्रीष्टका सबै पवित्र जनहरूले अभिवादन पठाएका छन्। 13-14प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको संगति तिमीहरूसँग रहोस्।
Currently Selected:
२ कोरिन्थी 13: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: