१ तिमोथी 6
6
1नोकरले आफ्ना मालिकको हरेक कुरामा मान-मनितो गर्नुपर्छ भन्ने सम्झ। त्यसो भए मात्र कसैले पनि परमेश्वरको नाउँ र हामीले दिएको शिक्षालाई दोष लाउन पाउनेछैनन्। 2विश्वासी दाजुभाइ नै हुन् भनेर आफ्नो विश्वास गर्ने मालिकको कम आदर गर्ने नगर। राम्ररी उनीहरूको सेवा गर्ने गर किनभने उनीहरूलाई फाइदा हुनु आफ्नै प्यारा विश्वासी दाजुभाइलाई फाइदा हुनु हो।
झूटो शिक्षा र सत्य धन
यिनै कुरामा शिक्षा र उत्साह दिने गर। 3कसैले बेग्लै शिक्षाहरू सिकाउँदछ भने हाम्रा प्रभु येशू ख्रीष्टको सत्य शिक्षा र हामीले गर्नुपर्ने भक्तिको शिक्षा मान्दैन। 4ऊ केही नबुझी त्यसै घमण्डले फुल्छ। ऊ त झगडा गर्ने रोग लागेको मानिस हो। उसले शब्दशब्दमा लडाइँ गर्छ। यसले त डाह, झगडा गाली र नराम्रो शङ्का मात्रै गराउँछ। 5यस्ता मानिसहरूले त एकोहोरो कचकच गरिरहन्छन्। तर तिनीहरूको बुद्धि नै बिग्रेको हुन्छ। तिनीहरूले सत्य नै गुमाएका हुन्छन्। तिनीहरूले भक्ति गर्नुचाहिँ धनी हुने कुरा सम्झन्छन्।
6हुन त हो, ऊ आफूसँग भएको कुरामा सन्तोष छ भने भक्तिले धेरै धनी हुनेछ। 7जन्मँदा हामीले के लिएर आयौं? अनि मर्दा के पो लिएर जानेछौं र? 8त्यसो भए त हामीलाई खान र लाउन पाए त पुगिहाल्यो नि 9तर धनी हुन खोज्ने मानिस पापमा पार्ने कुरामा फस्दछ। ऊ मूर्ख र हानि गर्ने इच्छाहरूको पासोमा पर्दछ। यी खराब इच्छाहरूले उसलाई डरलाग्दो नाश र नरकमा पुर्याउँछ 10किनभने सब किसिमको खराबीको मूल नै धनसम्पत्तिको माया हो। कति मानिसले त धन कमाउने लोभमा लागेर विश्वास गर्न छोडिदिएका छन्। अनि दु:खले तिनीहरूको मन नै छियाछिया भएको छ।
तिमोथीका लागि शिक्षा
11परमेश्वरका भक्त, तिमी यी नराम्रा कुराहरूदेखि अलग्गै बस। तिमीले परमेश्वरका अघि ठीक ठहरिने कुरामा, भक्तिमा, विश्वासमा, प्रेममा, धैर्यमा, नम्र हुने कुरामा आफ्नो मन लगाऊ। 12विश्वासको लडाइँमा राम्ररी लड्न अनन्त जीवनलाई पक्रिराख किनभने यसकै लागि परमेश्वरले तिमीलाई बोलाउनुभएको हो अनि तिमीले पनि धेरै मानिसहरूका सामुन्नेमा आफ्नो साँचो साक्षी दिएको हो। 13#यूहन्ना 18:37सबै थोकलाई जीवन दिने परमेश्वर र पन्तियस पिलातसकै सामुन्नेमा साँचो साक्षी दिने ख्रीष्ट येशूकै अगाडि 14म तिमीलाई यो आज्ञा दिंदै छु, तिमीले हाम्रा प्रभु येशू ख्रीष्ट नआउञ्जेल तिमीले पाएको आज्ञा राम्ररी मान र कसैले दोष लगाउन नपाओस्। 15परमेश्वरले उहाँलाई ठीक समयमा फेरि पठाउनुहुनेछ। परमेश्वर नै सबै शक्तिका मालिक, राजाहरूका पनि राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। 16उहाँ सधैँभरि रहने र कोही पुग्न नसक्ने उज्यालोमा रहनुहुन्छ। उहाँलाई कसैले पनि अहिलेसम्म देखेको छैन र देख्न पनि सक्दैन। सधैँभरि रहने शक्ति र आदर उहाँमै रहोस्। आमेन।
17अहिले यस संसारमा धनी हुनेहरूलाई घमण्डी नहुनू भन। तिनीहरूका धन-सम्पत्ति सधैँ रहने होइन तर हाम्रो सुखका लागि प्रशस्त गरी सबै कुरा दिने परमेश्वरमै भरोसा राख भनेर आज्ञा देओ। 18भलाइको काम गर्नू, भलाइको काममा धनी हुनू, खुला मनको हुनू र अरूलाई दिन तयार हुनू भनी तिनीहरूलाई भन। 19यसरी तिनीहरूले पछि आफ्नो साँचो जीवनमा काम लाग्ने धनसम्पत्ति जम्मा गरून् र उनीहरूले साँचो जीवन जोगाइराख्न सक्नेछन्।
20तिमोथी, तिम्रो जिम्मामा दिएका कुरालाई राम्ररी हेरचाह गर। कतिपय मानिसहरूले संसारका मूर्ख कुरा र ‘ज्ञान’ भनेर मानेको झूटो कुराबाट अलग होओ 21किनभने कतिले यस्ता कुरामा लाग्दा विश्वासको बाटै हराएका छन्। तिमीहरू सबैसँग परमेश्वरको अनुग्रह रहोस्।
Currently Selected:
१ तिमोथी 6: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: