१ तिमोथी 2
2
मण्डलीको प्रार्थना
1अब सबैभन्दा पहिले म भन्छु, सबै मानिसहरूका लागि नम्र निवेदन, प्रार्थना, अन्तर्बिन्ती र धन्यवाद पनि चढाउने गर। 2राजाहरू र सरकारी मानिसहरूका लागि पनि प्रार्थना गर्ने गर। त्यसो भए हामी सुखशान्तिको जीवनले पूरा समय परमेश्वरकै भक्ति र ध्यानमा लाग्न सक्नेछौं। 3यसो गर्नु राम्रो कुरो हो र हाम्रा मुक्तिदाता परमेश्वरले पनि यही मन पराउनुहुन्छ। 4सबै मानिसहरू बाँचून् र सत्यलाई राम्ररी चिनून् भन्ने नै उहाँको इच्छा छ। 5परमेश्वर एउटै हुनुहुन्छ अनि मानिसहरूलाई परमेश्वरमा ल्याउने पनि एउटै मध्यस्थ हुनुहुन्छ। यो मध्यस्थ मानिसचाहिँ ख्रीष्ट येशू हुनुहुन्छ। 6सबै मानिसहरूलाई छुटकारा दिन उहाँ बलि हुनुभयो। हरेक व्यक्ति बाँचेको परमेश्वर चाहनुहुन्छ भन्ने कुरा ठीक प्रमाण यही हो। 7#२ तिमोथी 1:11यसैकारणले म अरू जातिका मानिसहरूलाई विश्वास र सत्य शिक्षा दिने र प्रचार गर्ने राजदूत बनाइएको हुँ। मैले साँच्चै भनेको हुँ, ढाँटेको होइनँ।
8पुरुषहरूले रिस र शङ्का नलिई निर्दोष हात उठाएर प्रार्थना गरून् भन्ने मेरो इच्छा छ। 9#१ पत्रुस 3:3त्यसरी नै स्त्रीहरूले पनि सुहाउने गरी भद्रतासाथ लुगा लगाऊन्। बढी मात्रामा कपाल सिङ्गारेर सुन, मोतीको गरगहना अनि दामी लुगा नलगाऊन्, 10तर भक्ति गर्ने स्त्रीहरूले आफूलाई सुहाउने किसिमका असल कामहरू मात्र गरून्। 11स्त्री अधीनमा रहेर चुपचापसँग सिकून्। 12स्त्रीले पुरुषमाथि हक जमाउन र शिक्षा दिन मचाहिँ दिन्नँ। स्त्री चुपै लाग्नुपर्छ 13#उत्पत्ति 2:7; उत्पत्ति 2:21,22किनभने पहिले आदम अनि त्यसपछि मात्र हव्वाको सृष्टि भएको थियो। 14#उत्पत्ति 3:1-6छकिने आदम होइनन्, छकिएर परमेश्वरको आज्ञा भङ्ग गर्ने हव्वा नै हुन्। 15स्त्रीहरू नम्र भएर विश्वास, प्रेम र पवित्रतामा रहन सके भने बालक जन्मँदा तिनीहरू बचाइनेछन्।
Currently Selected:
१ तिमोथी 2: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: