YouVersion Logo
Search Icon

१ पत्रुस पुस्‍तक परिचय

पुस्‍तक परिचय
यो पत्र पत्रुसले एशिया माइनरका जम्‍मै उत्तरी इलाकाहुँदो छरिएर बसेका ख्रीष्‍टियानहरूलाई लेखेका थिए। तिनीहरूलाई यहाँ “परमेश्‍वरले छान्‍नुभएका” मानिसहरू भनिएको छ। यस पत्रको उद्देश्‍यचाहिँ यसलाई पढ्‍नेहरूमा साहस जगाउनु हो किनभने ख्रीष्‍टमा विश्‍वास गरेकोले तिनीहरू दु:ख र सतावटमा परेका थिए। यसरी साहस जगाउँदा पत्रुसले तिनीहरूलाई येशू ख्रीष्‍टको विषयमा राम्रो खबर, उहाँको मरण, उहाँको बिउँताइ र उहाँ फेरि आउनुहुनेछ भन्‍ने वाचाको सम्‍झना गराउँदै आशा दिलाउँछन्। दु:ख र कष्‍ट त तिनीहरूको साँचो विश्‍वासको जाँच हो र तिनीहरूलाई “ख्रीष्‍ट देखा पर्नुहुने दिनमा” इनाम दिइनेछ भनी ढुक्‍क हुँदै तिनीहरूले ती दु:ख र कष्‍टलाई अँगाल्‍दै सहनुपर्छ।
पत्रुसले यो पत्र पढ्‍नेहरूलाई दु:खको समयमा ढाडस दिँदै तिनीहरूलाई ख्रीष्‍टका मानिसहरूले जस्‍तै जिउनलाई आग्रह गर्छन्।
संक्षिप्‍त विषय-सूची
परिचय १:१-२
परमेश्‍वरको मुक्तिको सम्‍झना १:३-१२
पवित्र जीवन जिउने अर्ती १:१३—२:१०
दु:खको बेलामा ख्रीष्‍टियानका जिम्‍मेवारीहरू २:११—४:१९
ख्रीष्‍टियान नम्रता र सेवा ५:१-११
समाप्‍ति ५:१२-१४

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in