भजनसंग्रह 98
98
परमेश्वरका जयजयकारको भजन
1परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ, किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ, उहाँको दाहिने बाहुली र उहाँको पवित्र पाखुराले उहाँको निम्ति उद्धारको काम गरेका छन्।
2परमप्रभुले गर्नुभएको उद्धार स्वयम् उहाँले प्रकट गर्नुभएको छ,
र उहाँले आफ्नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।
3इस्राएलका घरानामाथि गर्नुभएको आफ्नो करुणा र आफ्नो विश्वसनीयता परमप्रभुले सम्झनुभएको छ। हाम्रा परमेश्वरको उद्धार
पृथ्वीको हरेक कुनाले देखेको छ।
4हे सारा पृथ्वी, आनन्दसँग परमप्रभुको जयजयकार गर, भजनद्वारा उहाँको जय घोषणा गर।
5परमप्रभुको निम्ति वीणाको लय निकाल, वीणा र मधुर सुरले,
6तुरही र भेड़ाको सीङले परमप्रभु महाराजाको सामुन्ने आनन्दको उद्घोषण गर।
7समुद्र र त्यसमा भएका सबै प्राणीले गुञ्जायमान गरून्,
र संसार र त्यहाँ वास गर्ने सबैले पनि।
8नदीका तरङ्गहरूले ताली बजाऊन्, पहाड र पर्वत आनन्दले एकसाथ गाऊन्,
9तिनीहरूले परमप्रभुको सम्मुख गाऊन्। किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले धार्मिकता र निष्पक्षतासाथ संसारका मानिसहरूको न्याय गर्नुहुनेछ।
Currently Selected:
भजनसंग्रह 98: NNRV
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: