भजनसंग्रह 92
92
परमेश्वरको स्तुतिगान
शबाथको निम्ति एक भजन
1परमप्रभुको प्रशंसा गर्नु, र हे सर्वोच्च, तपाईंको नाउँमा भजन गाउनु असल कुरा हो।
2बिहान तपाईंका करुणाको,
र राती तपाईंको विश्वसनीयताको घोषणा गर्नु,
3तथा दश तारे सारङ्गी र वीणाको मृदु लयमा तपाईंको स्तुति गर्नु असल कुरा हो।
4किनकि हे परमप्रभु, तपाईंले आफ्ना कामद्वारा मलाई आनन्दित तुल्याउनुभएको छ, तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु।
5हे परमप्रभु, तपाईंका कार्यहरू कति महान् छन्, तपाईंका विचारहरू कति गम्भीर छन्!
6विवेकहीन मानिसले यो जान्न सक्दैन,
र मूर्खले यो बुझ्न सक्दैन:
7यद्यपि दुष्टहरू घाँसजस्तै मौलाउँछन्,
र सबै दुष्टहरूको फलिफाप हुन्छ, तर तिनीहरू सधैँको निम्ति नष्ट पारिनेछन्।
8तर तपाईं हे परमप्रभु, सदाको निम्ति उच्चमा विराजमान हुनुहुन्छ।
9किनकि हे परमप्रभु, तपाईंका शत्रुहरू अवश्य नष्ट हुनेछन्, तपाईंका शत्रुहरू निश्चयनै नष्ट हुनेछन्, सबै दुष्टाचारीहरू तितरबितर हुनेछन्।
10तपाईंले मलाई जङ्गली साँढ़ेको जत्तिकै शक्ति दिनुभएको छ, उत्तम तेलले मेरो अभिषेक भएको छ।
11मेरा आँखाले मेरा शत्रुहरूको हार भएको देखेका छन्, मेरा कानले मेरा दुष्ट शत्रुहरू लखेटिएका कुरा सुनेका छन्।
12धर्मीचाहिँ खजूरको बोटझैँ लहलह हुन्छ, तिनीहरू लेबनानको देवदारुजस्तै बढ्छन्,
13तिनीहरू परमप्रभुको भवनमा रोपिएका हुन्छन्, हाम्रा परमेश्वरका चोकहरूमा तिनीहरू मौलाउँछन्।
14बुढ़ेसकालमा पनि तिनीहरू फलदायी हुन्छन्,
र तिनीहरू ताजा र हरिया रहन्छन्,
15र घोषणा गर्छन्, परमप्रभु भला हुनुहुन्छ। उहाँ मेरो चट्टान हुनुहुन्छ, र उहाँमा केही दुष्टता छैन।
Currently Selected:
भजनसंग्रह 92: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: