भजनसंग्रह 62
62
परमेश्वरको रक्षामा भरोसा
सङ्गीत-निर्देशकको निम्ति यदूतूनको लागि दाऊदको भजन
1मेरो प्राणले परमेश्वरमा मात्र विश्राम पाउँदछ, उहाँबाट नै मेरो उद्धार आउँदछ।
2उहाँ मात्र मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्छ, उहाँ मेरो किल्ला हुनुहुन्छ, म कहिल्यै डग्नेछैनँ।
3एक जना मानिसमाथि कहिलेसम्म तिमीहरू आक्रमण गरिबस्छौ? ढल्न लागेको पर्खाल र कमजोर बारजस्तै भएको त्यस मानिसलाई के तिमीहरू सबै मिलेर ढाल्छौ?
4त्यसको उच्च स्थानबाट त्यसलाई खसाल्नलाई तिनीहरूले दृढ़ विचार गरेका छन्। तिनीहरू असत्यतामा प्रसन्न रहन्छन्। तिनीहरू मुखले त आशीर्वाद दिन्छन्, तर मनमा तिनीहरू सराप्छन्। सेला
5हे मेरो प्राण, परमेश्वरमा मात्र विश्राम गर। मेरो आशा उहाँबाटै आउँछ।
6उहाँ मात्र मेरो चट्टान, मेरो उद्धारक र मेरो किल्ला हुनुहुन्छ। म डग्नेछैनँ।
7मेरो उद्धार र मेरो इज्जत परमेश्वरमा आश्रित छ, मेरो शक्तिशाली चट्टान र मेरो शरणस्थान परमेश्वर नै हुनुहुन्छ।
8हे मानिस हो, सब समय उहाँमा नै भरोसा गर, उहाँको सामुन्ने आफ्ना मन खोल, किनकि परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ। सेला
9निम्न स्तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्, उच्च स्तरका चाहिँ भ्रम मात्र हुन्। तराजूमा तिनीहरू जोखिँदा हलुका हुन्छन्, तिनीहरू दुवै एक मुट्ठी सास मात्र हुन्।
10धुत्ने काममा भर नपर,
र चोरेको सामानमा अभिमान नगर। तिम्रो धन-सम्पत्ति बढ़्यो भने त्यसमा आफ्नो हृदय नलगाओ।
11परमेश्वरले एउटा कुरो बोल्नुभएको छ, मैले दुई कुरा सुनेको छु, कि हे परमेश्वर, तपाईं बलिया हुनुहुन्छ,
12र हे परमप्रभु, तपाईं प्रेमी हुनुहुन्छ।#अयू ३४:११; यर १७:१०; मत्ती १६:२७; रोम २:६; प्रका २:२३ निश्चय नै हरेक मानिसलाई त्यसको कामअनुसारको प्रतिफल तपाईं दिनुहुन्छ।
Currently Selected:
भजनसंग्रह 62: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: