YouVersion Logo
Search Icon

भजनसंग्रह 107:1-43

भजनसंग्रह 107:1-43 NNRV

परमप्रभुमा धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्‍छ, उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ। परमप्रभुले छुटकारा दिनुभएकाहरूले यसै भनून्‌— जसलाई उहाँले शत्रुहरूका हातबाट मोल तिरेर छुटाउनुभयो, तिनीहरू जसलाई देश-देशबाट, पूर्व र पश्‍चिमबाट, उत्तर र दक्षिणबाट उहाँले एकत्र गर्नुभयो। कोही मरुस्‍थलका उजाड-स्‍थान हुँदो अलमलिहिँड़े, र बसोबास गर्न पाउने कुनै सहरको मार्ग भेट्टाएनन्‌। भोक र प्‍यासले क्षीण भई प्राण जाला जत्तिकै भइसकेको थियो। तब तिनीहरूले आफ्‍नो दु:खमा परमप्रभुको दुहाई गरे, र उहाँले तिनीहरूलाई आपद्‌बाट छुटाउनुभयो। उहाँले तिनीहरूलाई सोझो बाटोबाट डोर्‍याएर एउटा सहरमा पुर्‍याउनुभयो, जहाँ तिनीहरू बसोबास गर्न सके। तिनीहरूले परमेश्‍वरको अचूक प्रेमको निम्‍ति, र मानिसहरूप्रति उहाँका आश्‍चर्य कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌। किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्‍त पार्नुहुन्‍छ, र भोकालाई उहाँले उत्तम पदार्थले सन्‍तुष्‍ट पार्नुहुन्‍छ। कोही-कोही घोर अन्‍धकारमा बसे, कैदीहरू जो फलामका साङ्‌लाले बाँधिएर पीडामा थिए, किनभने तिनीहरूले परमेश्‍वरका वचनको विद्रोह गरेका थिए, र सर्वोच्‍चका सल्‍लाहको अवहेलना गरेका थिए। यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रममा पर्न दिनुभयो। तिनीहरू लोटे, तर तिनीहरूलाई गुहार गर्ने कोही भएन। तब तिनीहरूले आफ्‍नो सङ्कष्‍टमा परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्‌बाट छुटाउनुभयो। उहाँले तिनीहरूलाई घोर अन्‍धकारबाट बाहिर ल्‍याउनुभयो, र उहाँले तिनीहरूका बन्‍धन टुक्रा-टुक्रा पारिदिनुभयो। तिनीहरूले परमेश्‍वरको अचूक प्रेमको निम्‍ति र मानिसहरूप्रति उहाँका आश्‍चर्य कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌! किनभने उहाँले काँसाका मूल ढोकाहरू तोडिदिनुहुन्‍छ, र फलामे आग्‍लाहरू छिनालिदिनुहुन्‍छ। कोही-कोही आफ्‍नै विद्रोही चालले गर्दा मूर्ख बने, र आफ्‍नै अपराधको कारण विपत्तिमा परे। सब भोजनहरू तिनीहरूलाई अमन भयो, र तिनीहरू मृत्‍युको मुखसम्‍म पुगे। तब तिनीहरूले आफ्‍नो सङ्कष्‍टमा परमप्रभुको पुकार गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्‌बाट छुटाउनुभयो। उहाँले आफ्‍नो वचन पठाउनुभएर तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई मृत्‍युको खाड़लबाट उकास्‍नुभयो। तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्‍ति, र मानिसहरूप्रति उहाँका आश्‍चर्य कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌। तिनीहरूले धन्‍यवाद बलि चढ़ाऊन्‌, र हर्षका गीतहरूमा उहाँका कार्यहरूको वर्णन गरून्‌। कोही-कोही जहाज चढ़ी समुद्रमा गए, तिनीहरू महासागरमाथिका व्‍यापारी थिए। तिनीहरूले परमप्रभुका कार्यहरू देखे, सागरको गहिराइमा तिनीहरूले उहाँका आश्‍चर्य कार्यहरू देखे। किनभने उहाँले आज्ञा गर्नुभयो, र प्रचण्‍ड आँधी चलाउनुभयो, जसले सागरका छालहरू उठाए। तिनीहरू आकाशसम्‍मै चढ़ेर गए, र फेरि सागरको गहिराइमा झरे, तिनीहरूको क्‍लेशमा तिनीहरूको साहस गलेर गयो। तिनीहरू मतवालाजस्‍तै रन्‍थनिएर धरमराउँदैथिए, र तिनीहरूको अक्‍कल गुम भयो। तब तिनीहरूले आफ्‍नो सङ्कष्‍टमा परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्‌बाट छुटाउनुभयो। उहाँले आँधीलाई शान्‍त गराउनुभयो, र सागरका छालहरू स्‍थिर भए। आँधी शान्‍त भएपछि तिनीहरू खुशी भए, र उहाँले तिनीहरूले चाहेका बन्‍दरगाहमा पुर्‍याउनुभयो। तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्‍ति, र मानिसहरूप्रति उहाँका आश्‍चर्यका कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌। तिनीहरूले मानिसहरूको समुदायमा उहाँको तारीफ गरून्‌, र धर्म-गुरुहरूको सभामा उहाँको प्रशंसा गरून्‌। उहाँले नदीहरूलाई मरुभूमिमा बग्‍ने खोलालाई सुक्‍खा भूमिमा, र मलिलो भूमिलाई नूनको मरुस्‍थलमा परिवर्तन गरिदिनुभयो— त्‍यहाँ बस्‍ने मानिसहरूका दुष्‍टताको कारणले यसो भएको थियो। उहाँले मरुभूमिलाई तालहरूमा, र सुक्‍खा जमिनलाई बग्‍ने खोलाहरूमा परिवर्तन गरिदिनुभयो। परमप्रभुले भोकाएकाहरूलाई त्‍यहाँ बस्‍न ल्‍याउनुभयो, अनि तिनीहरूले आफू बस्‍नलाई एउटा सहर निर्माण गरे। तिनीहरूले खेतमा बीउ छरे र दाखबारी लगाए, जसले असल फसल उत्‍पादन गर्‍यो। उहाँले तिनीहरूलाई आशिष्‌ दिनुभयो, अनि तिनीहरूको सङ्‌ख्‍यामा धेरै वृद्धि भयो, र तिनीहरूका गाईबस्‍तुहरूलाई उहाँले घट्‌न दिनुभएन। अत्‍याचार, विपत्ति र शोकले गर्दा, तिनीहरूको संख्‍या घट्यो र तिनीहरू होच्‍याइए। उहाँ जसले शासकहरूमाथि अपमान खन्‍याउनुहुन्‍छ, तिनीहरूलाई पथहीन मरुस्थलहरूमा भड्‌किहिँड्‌न दिनुभयो। तर दरिद्रहरूलाई उहाँले तिनीहरूको विपद्‌बाट उकास्‍नुभयो, र तिनका परिवारहरू भेड़ाका बथानझैँ बढ़ाउनुभयो। सोझाहरू यो देख्‍तछन्‌, र आनन्‍दित हुन्‍छन्‌, तर सबै दुष्‍टहरू आफ्‍ना मुख बन्‍द राख्‍छन्‌। जो बुद्धिमान्‌ छ, त्‍यसले यी कुराहरूमा ध्‍यान देओस्‌, र परमप्रभुको महान्‌ करुणामाथि विचार गरोस्‌।

Verse Images for भजनसंग्रह 107:1-43

भजनसंग्रह 107:1-43 - परमप्रभुमा धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्‍छ, उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।
परमप्रभुले छुटकारा दिनुभएकाहरूले यसै भनून्‌— जसलाई उहाँले शत्रुहरूका हातबाट मोल तिरेर छुटाउनुभयो,
तिनीहरू जसलाई देश-देशबाट, पूर्व र पश्‍चिमबाट, उत्तर र दक्षिणबाट उहाँले एकत्र गर्नुभयो।
कोही मरुस्‍थलका उजाड-स्‍थान हुँदो अलमलिहिँड़े,
र बसोबास गर्न पाउने कुनै सहरको मार्ग भेट्टाएनन्‌।
भोक र प्‍यासले क्षीण भई प्राण जाला जत्तिकै भइसकेको थियो।
तब तिनीहरूले आफ्‍नो दु:खमा परमप्रभुको दुहाई गरे,
र उहाँले तिनीहरूलाई आपद्‌बाट छुटाउनुभयो।
उहाँले तिनीहरूलाई सोझो बाटोबाट डोर्‍याएर एउटा सहरमा पुर्‍याउनुभयो, जहाँ तिनीहरू बसोबास गर्न सके।
तिनीहरूले परमेश्‍वरको अचूक प्रेमको निम्‍ति,
र मानिसहरूप्रति उहाँका आश्‍चर्य कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌।
किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्‍त पार्नुहुन्‍छ,
र भोकालाई उहाँले उत्तम पदार्थले सन्‍तुष्‍ट पार्नुहुन्‍छ।
कोही-कोही घोर अन्‍धकारमा बसे, कैदीहरू जो फलामका साङ्‌लाले बाँधिएर पीडामा थिए,
किनभने तिनीहरूले परमेश्‍वरका वचनको विद्रोह गरेका थिए,
र सर्वोच्‍चका सल्‍लाहको अवहेलना गरेका थिए।
यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रममा पर्न दिनुभयो। तिनीहरू लोटे, तर तिनीहरूलाई गुहार गर्ने कोही भएन।
तब तिनीहरूले आफ्‍नो सङ्कष्‍टमा परमप्रभुको पुकारा गरे,
र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्‌बाट छुटाउनुभयो।
उहाँले तिनीहरूलाई घोर अन्‍धकारबाट बाहिर ल्‍याउनुभयो,
र उहाँले तिनीहरूका बन्‍धन टुक्रा-टुक्रा पारिदिनुभयो।
तिनीहरूले परमेश्‍वरको अचूक प्रेमको निम्‍ति र मानिसहरूप्रति उहाँका आश्‍चर्य कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌!
किनभने उहाँले काँसाका मूल ढोकाहरू तोडिदिनुहुन्‍छ,
र फलामे आग्‍लाहरू छिनालिदिनुहुन्‍छ।
कोही-कोही आफ्‍नै विद्रोही चालले गर्दा मूर्ख बने,
र आफ्‍नै अपराधको कारण विपत्तिमा परे।
सब भोजनहरू तिनीहरूलाई अमन भयो,
र तिनीहरू मृत्‍युको मुखसम्‍म पुगे।
तब तिनीहरूले आफ्‍नो सङ्कष्‍टमा परमप्रभुको पुकार गरे,

उहाँले आफ्‍नो वचन पठाउनुभएर तिनीहरूलाई निको पार्नुभयो,
र तिनीहरूलाई मृत्‍युको खाड़लबाट उकास्‍नुभयो।
तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्‍ति,

तिनीहरूले धन्‍यवाद बलि चढ़ाऊन्‌,
र हर्षका गीतहरूमा उहाँका कार्यहरूको वर्णन गरून्‌।
कोही-कोही जहाज चढ़ी समुद्रमा गए, तिनीहरू महासागरमाथिका व्‍यापारी थिए।
तिनीहरूले परमप्रभुका कार्यहरू देखे, सागरको गहिराइमा तिनीहरूले उहाँका आश्‍चर्य कार्यहरू देखे।
किनभने उहाँले आज्ञा गर्नुभयो,
र प्रचण्‍ड आँधी चलाउनुभयो, जसले सागरका छालहरू उठाए।
तिनीहरू आकाशसम्‍मै चढ़ेर गए,
र फेरि सागरको गहिराइमा झरे, तिनीहरूको क्‍लेशमा तिनीहरूको साहस गलेर गयो।
तिनीहरू मतवालाजस्‍तै रन्‍थनिएर धरमराउँदैथिए,
र तिनीहरूको अक्‍कल गुम भयो।

उहाँले आँधीलाई शान्‍त गराउनुभयो,
र सागरका छालहरू स्‍थिर भए।
आँधी शान्‍त भएपछि तिनीहरू खुशी भए,
र उहाँले तिनीहरूले चाहेका बन्‍दरगाहमा पुर्‍याउनुभयो।

र मानिसहरूप्रति उहाँका आश्‍चर्यका कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌।
तिनीहरूले मानिसहरूको समुदायमा उहाँको तारीफ गरून्‌,
र धर्म-गुरुहरूको सभामा उहाँको प्रशंसा गरून्‌।
उहाँले नदीहरूलाई मरुभूमिमा बग्‍ने खोलालाई सुक्‍खा भूमिमा,
र मलिलो भूमिलाई नूनको मरुस्‍थलमा परिवर्तन गरिदिनुभयो— त्‍यहाँ बस्‍ने मानिसहरूका दुष्‍टताको कारणले यसो भएको थियो।
उहाँले मरुभूमिलाई तालहरूमा,
र सुक्‍खा जमिनलाई बग्‍ने खोलाहरूमा परिवर्तन गरिदिनुभयो।
परमप्रभुले भोकाएकाहरूलाई त्‍यहाँ बस्‍न ल्‍याउनुभयो, अनि तिनीहरूले आफू बस्‍नलाई एउटा सहर निर्माण गरे।
तिनीहरूले खेतमा बीउ छरे र दाखबारी लगाए, जसले असल फसल उत्‍पादन गर्‍यो।
उहाँले तिनीहरूलाई आशिष्‌ दिनुभयो, अनि तिनीहरूको सङ्‌ख्‍यामा धेरै वृद्धि भयो,
र तिनीहरूका गाईबस्‍तुहरूलाई उहाँले घट्‌न दिनुभएन।
अत्‍याचार, विपत्ति र शोकले गर्दा, तिनीहरूको संख्‍या घट्यो र तिनीहरू होच्‍याइए।
उहाँ जसले शासकहरूमाथि अपमान खन्‍याउनुहुन्‍छ, तिनीहरूलाई पथहीन मरुस्थलहरूमा भड्‌किहिँड्‌न दिनुभयो।
तर दरिद्रहरूलाई उहाँले तिनीहरूको विपद्‌बाट उकास्‍नुभयो,
र तिनका परिवारहरू भेड़ाका बथानझैँ बढ़ाउनुभयो।
सोझाहरू यो देख्‍तछन्‌, र आनन्‍दित हुन्‍छन्‌, तर सबै दुष्‍टहरू आफ्‍ना मुख बन्‍द राख्‍छन्‌।
जो बुद्धिमान्‌ छ, त्‍यसले यी कुराहरूमा ध्‍यान देओस्‌,
र परमप्रभुको महान्‌ करुणामाथि विचार गरोस्‌।भजनसंग्रह 107:1-43 - परमप्रभुमा धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्‍छ, उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।

र परमप्रभुको महान्‌ करुणामाथि विचार गरोस्‌।