गन्ती 13
13
कनान देशको भेद लिनेहरू
1परमप्रभुले मोशालाई भन्नुभयो, #व्य १:१९-३३ 2“कनान देशभित्र गुप्तचरहरू पठा। त्यो देश म इस्राएलीहरूलाई दिनेछु। आ-आफ्नो पुर्खाको कुलबाट एक-एक जना नायक पठा।”
3यसकारण परमप्रभुको आज्ञाअनुसार मोशाले पारानको मरुभूमिबाट तिनीहरूलाई पठाए। ती सब इस्राएलीहरूका नायकहरू थिए। 4तिनीहरूका नाउँ यी नै हुन्:
रूबेनको कुलबाट जक्कूरका छोरा शम्मूअ,
5शिमियोनको कुलबाट होरीका छोरा शाफात,
6यहूदाको कुलबाट यपुन्नेका छोरा कालेब,
7इस्साखारको कुलबाट योसेफका छोरा यिगाल,
8एफ्राइमको कुलबाट नूनका छोरा होशिया, #नहे १०:२३
9बेन्यामीनको कुलबाट रफूका छोरा पलती,
10जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल,
11योसेफको कुलबाट, अर्थात् मनश्शेको कुलबाट सूसीका छोरा गेद्दी,
12दानको कुलबाट गमल्लीका छोरा अम्मीएल,
13आशेरको कुलबाट मिखाएलका छोरा सतूर,
14नप्तालीको कुलबाट वोफ्सीका छोरा नहबी,
15गादको कुलबाट माकीका छोरा गूएल।
16मोशाले देशको भेद लिन पठाएका मानिसहरूका नाउँ यी नै हुन्। नूनका छोरा होशियाको नाउँ मोशाले यहोशू राखे।
17मोशाले तिनीहरूलाई कनान देशको भेद लिन पठाएर तिनीहरूलाई भने, “यहाँबाट लागेर नेगेव भनिने दक्षिण क्षेत्रबाट पहाड़तिर जाओ, 18र देश कस्तो छ, त्यहाँ बस्ने मानिसहरू बलिया छन् कि निर्धा छन्, धेरै छन् कि थोरै छन् सो पत्ता लगाओ। 19उनीहरू बसेको देश असल कि खराब, कस्तो छ, र उनीहरू छाउनीमा कि किल्लामा, कस्ता सहरमा बस्दारहेछन्? 20जमिन कस्तो छ, मलिलो कि रूखो, त्यहाँ जङ्गल छ कि छैन सो हेर। साहस गर, र त्यहाँको केही फलफूल ल्याओ।” त्यस बेला प्रथम दाख पाक्ने ऋतु थियो।
21यसैले तिनीहरू उक्लेर गई जीनको उजाड़-स्थानबाट लेबो-हमाततिरको रहोबसम्म त्यस देशको भेद लिए। 22तिनीहरू नेगेवतिरबाट उक्लेर हेब्रोनमा पुगे, जहाँ अनाकका सन्तान अहीमन, शेशै र तल्मै बस्थे। हेब्रोनचाहिँ मिश्रको सोअन सहरभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो। 23त्यसपछि तिनीहरू एश्कोलको#13:23 “एश्कोल” को अर्थ “झुप्पा” हो बेँसीमा गए, र त्यहाँबाट दाखका हाँगाको एक झुप्पा काटेर एउटा घोचोमा हाली दुई जनाले बोकेर ल्याए। तिनीहरूले अनार र नेभारा पनि ल्याए। 24इस्राएलीहरूले त्यहाँबाट त्यो झुप्पा काटेको हुनाले त्यस ठाउँको नाउँ एश्कोलको बेँसी राखिएको हो। 25चालीस दिनको अन्तमा त्यस देशको भेद लिइसकेपछि तिनीहरू फर्के।
गुप्तचरहरूको खबर
26तिनीहरू फर्केर पारानको मरुभूमि भएको कादेशमा मोशा, हारून र इस्राएलीका सारा समुदायकहाँ आए, र सारा समुदायलाई सम्पूर्ण वृत्तान्त बताइदिए, र तिनीहरूलाई त्यस देशका फलफूल देखाए। 27तिनीहरूले मोशालाई यसो भने, “तपाईंले पठाउनुभएको ठाउँमा हामी पुग्यौं। साँच्ची नै त्यहाँ दूध र मह बग्दारहेछन्, अनि त्यसको फलफूल यही हो। 28तर त्यहाँ बस्ने मानिसहरू बलिया रहेछन् र सहरहरू पर्खालले घेरिएका र ज्यादै ठूला-ठूला रहेछन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तानहरू पनि देख्यौं। 29नेगेव भनिने दक्षिण क्षेत्रमा अमालेकीहरू, र पहाड़ी क्षेत्रमा हित्ती, यबूसी र एमोरीहरू, अनि समुद्रको नजिक र यर्दन नदीको किनारमा कनानीहरू बस्दारहेछन्।”
30तब कालेबले मोशाको सामु मानिसहरूलाई शान्त गराएर भने, “हामी तुरुन्त त्यहाँ गएर त्यो देश कब्जा गरौं, किनभने त्यो हामी अवश्य जित्न सक्छौं।”
31तर तिनीसँग जाने मानिसहरूले भने, “ती मानिसहरूका विरुद्धमा जान हामी सक्नेछैनौं, किनकि ती हामीभन्दा बलिया छन्।” 32भेद लिन गएको देशबाट नराम्रो खबर सुनाएर तिनीहरूले इस्राएलीहरूलाई भने, “हामीले भेद लिएर आएको देशले त आफ्नै बासिन्दाहरूलाई निलिहाल्दोरहेछ, र हामीले त्यहाँ देखेका मानिसहरू दैत्यजस्ता रहेछन्। 33त्यहाँ हामीले नेफिलीमहरू देख्यौं, जसबाट अनाकका सन्तान आएका छन्। उनीहरूका सामु त हामी आफैलाई फटेङ्ग्राजस्तै लाग्यो। तिनीहरूका नजरमा हामीहरू त्यस्तै देखिन्थ्यौं।” #उत ६:४
Currently Selected:
गन्ती 13: NNRV
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: