YouVersion Logo
Search Icon

मत्ती 26:63-65

मत्ती 26:63-65 NNRV

तर येशू चूप रहनुभयो। प्रधान पूजाहारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको शपथ खाएर भन्‍दछु, हामीलाई बता, के तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस्‌?” येशूले तिनलाई भन्‍नुभयो, “तपाईंले नै भनिहाल्‍नुभयो। तापनि म तपाईंहरूलाई भन्‍दछु, अब उप्रान्‍त तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्‍नुहुनेछ।” तब प्रधान पूजाहारीले आफ्‍ना वस्‍त्र च्‍याते र भने, “यसले त ईश्‍वर-निन्‍दा बोल्‍यो। हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्‍यो र? तपाईंहरूले अहिले यसले बोलेको ईश्‍वर-निन्‍दा सुनिहाल्‍नुभयो।

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy