लेवीहरू 7
7
1“‘दोषबलिका विधि यी नै हुन्: यो अति पवित्र छ। 2जुन ठाउँमा होमबलि मारिन्छ, त्यही ठाउँमा दोषबलि पनि मारिओस्। त्यसको रगत वेदीमा वरिपरि छर्किओस्। 3त्यसको सबै बोसो, अर्थात् बोसे-पुच्छर र आन्द्रा-भुँड़ी ढाक्ने बोसो, 4दुवै मिर्गौला र तीमाथिको र कम्मरनेरको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्ने मासु झिकेर चढ़ाइऊन्। 5पूजाहारीले परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिकै रूपमा ती वेदीमा जलाऊन्। यो दोषबलि हो। 6पूजाहारीका घरानाको कुनै पनि पुरुषले त्यो खान सक्छ। तर यो चोखो ठाउँमा खाइओस्। यो अति पवित्र छ।
7“‘पापबलि जस्तो हो, दोषबलि पनि त्यस्तै हो। तिनका निम्ति एउटै व्यवस्था छ। जुन पूजाहारीले त्यो चढ़ाएर प्रायश्चित गर्छन्, त्यो तिनैको होस्। 8जुन पूजाहारीले कुनै मानिसले ल्याएको होमबलि चढ़ाउँछन्, त्यस होमबलिको छाला ती नै पूजाहारीको होस्। 9चुलोमा पकाइएका, र ताई-ताप्के र ताउमा बनाइएका सबै अन्नबलि ती चढ़ाउने पूजाहारीका होऊन्। 10अनि तेलमा मुछेका वा फुका सबै अन्नबलि हारूनका सबै छोराहरूले बराबर गरी पाऊन्।
मेलबलिका विधिहरू
11“‘परमप्रभुको निम्ति चढ़ाइने मेलबलिका विधि यी नै हुन्:
12“‘यदि त्यो धन्यवाद दिनका निम्ति कसैले चढ़ायो भने, त्यसले धन्यवादबलिसित तेलमा मुछेको खमिर नहालेको फुरौला, तेल दलेको खमिर नहालेको बाबर र तेलमा भिजाएको मसिनो पीठोको फुरौला चढ़ाओस्। 13त्यसले आफ्नो धन्यवादको मेलबलिसित खमिर हालेको रोटी पनि चढ़ाओस्। 14तीबाट एउटा-एउटा गरी परमप्रभुको निम्ति बलिको लागि त्यसले चढ़ाओस्। मेलबलिको रगत जुन पूजाहारीले छर्कन्छन् त्यो तिनैको होस्। 15धन्यवादका मेलबलिको मासु त्यो चढ़ाएकै दिनमा खाइओस्, बिहानसम्म त्यसले केही नराखोस्।
16“‘तर चढ़ाइने बलिदान भाकलको अथवा राजीखुशीको बलिदान भए त्यसले बलिदान चढ़ाएकै दिन त्यो खाओस्, र बाँकी रहेको चाहिँ भोलिपल्ट खाइओस्। 17पर्सिपल्टसम्म बाँकी रहेको बलिदानको मासुचाहिँ आगोमा जलाइओस्। 18मेलबलिको मासुबाट पर्सिपल्ट कसैले खायो भने त्यो मासु ग्रहणयोग्य हुनेछैन, न त त्यो चढ़ाउनेको निम्ति चढ़ाइएको गनिनेछ, तर त्यो अशुद्ध ठहरिनेछ, र त्यो खाने व्यक्ति आफू दोषी बन्नेछ।
19“‘कुनै अशुद्ध कुराले छोएको मासु नखानू। त्यो आगोमा जलाइओस्। अरू मासुचाहिँ, जति जना शुद्ध छन् तिनीहरूले त्यो खान सक्छन्। 20तर आफू अशुद्ध भएर परमप्रभुका मेलबलिको मासु कसैले खायो भने त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरिओस्। 21कसैले मानिस वा अशुद्ध पशुको अशुद्धि वा अन्य कुनै घृणित कुरो छोएर परमप्रभुका मेलबलिको मासु खायो भने, त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरिओस्’।”
22फेरि परमप्रभुले मोशालाई भन्नुभयो, 23“इस्राएलीहरूलाई भन्: ‘तिमीहरूले साँढ़े कि भेड़ा वा बोकाको बोसो केही नखानू। 24आफै मरेको र कुनै जङ्गली पशुहरूले फहराएर मारेको केही बस्तुभाउको बोसो अरू काममा प्रयोग गरे हुन्छ, तर कुनै रीतिले पनि तिमीहरूले त्यो नखानू। 25परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिको पशुको बोसो जुन मानिसले खाला त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरिओस्। 26तिमीहरूले बसोबास गर्ने कुनै पनि ठाउँमा कुनै पक्षी वा पशुको रगत नखानू। #उत ९:४; लेवी १७:१०-१४; १९:२६; व्य १२:१६,२३; १५:२३ 27रगत खाने जोसुकै भए पनि त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नू’।”
पूजाहारीहरूको भाग
28परमप्रभुले मोशालाई भन्नुभयो, 29“इस्राएलीहरूलाई भन्: ‘परमप्रभुको निम्ति मेलबलि चढ़ाउनेले मेलबलिको एक भाग बलिदानको रूपमा परमप्रभुकहाँ ल्याओस्। 30त्यसले परमप्रभुको निम्ति आगोद्वारा चढ़ाउने बलि आफ्नो हातले ल्याओस्। त्यसले बोसो, ह्याकुलोसमेत ल्याओस्, र ह्याकुलो परमप्रभुको सामु डोलाइने बलिको निम्ति डोलाओस्। 31पूजाहारीले बोसोचाहिँ वेदीमा जलाऊन्, तर ह्याकुलोचाहिँ हारून र तिनका छोराहरूको हुनेछ। 32दाहिने फिलाचाहिँ तिमीहरूले आफ्नो मेलबलिबाट भेटीको रूपमा पूजाहारीलाई दिनू। 33हारूनका छोराहरूमध्ये जसले मेलबलिको रगत र बोसो चढ़ाउँछ, दाहिने फिला त्यसको भाग हुनेछ। 34किनकि इस्राएलीहरूका मेलबलिबाट डोलाएको ह्याकुलो र उठाएको फिला मैले तिमीहरूबाट लिएर हारून पूजाहारी र तिनका छोराहरूलाई इस्राएलीहरूका तर्फबाट सदाको विधि स्वरूप दिएको छु’।”
35हारून र तिनका छोराहरू जुन दिन पूजाहारी पदमा परमप्रभुका सेवाको निम्ति हाजिर गरिएका थिए, त्यसै दिन परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइएका बलिहरूबाट यो तिनीहरूको भाग ठहराइएको हो। 36जुन दिन उहाँले तिनीहरूलाई अभिषेक गर्नुभयो त्यही दिन तिनीहरूका निम्ति इस्राएलीहरूबाट यो भाग तिनीहरूले पाउने परमप्रभुले आज्ञा दिनुभयो। तिनीहरूका पुस्तौँ-पुस्तौँका निम्ति यो सदाको भाग हुनेछ।
37यी नै होमबलि, अन्नबलि, पापबलि, दोषबलि, अर्पणबलि र मेलबलिका विधि हुन्, 38जो परमप्रभुले मोशालाई सीनै पर्वतमा दिनुभएको थियो, जुन दिन सीनैको मरुभूमिमा परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका भेटी उहाँकहाँ ल्याउने आज्ञा गर्नुभएको थियो।
Currently Selected:
लेवीहरू 7: NNRV
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: