यूहन्ना 19:33-36
यूहन्ना 19:33-36 NNRV
जब तिनीहरू येशूकहाँ आए तिनीहरूले देखे, कि उहाँको मृत्यु अघि नै भइसकेको रहेछ, र उहाँका खुट्टा भाँचेनन्। तर सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखामा भालाले घोच्यो, र तुरुन्तै रगत र पानी निस्क्यो। तिमीहरू पनि विश्वास गर्न सक भनी यो देख्नेले गवाही दिएको हो र उसको गवाही साँचो छ, र साँचो बोल्दछु भनी ऊ जान्दछ। “उहाँको कुनै पनि हड्डी भाँचिनेछैन” भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुरा हुन आए।